१० पुस २०८२, बिहिबार | December 25, 2025

इजलासमा रविले भने – बहिरै बसेर मुद्दा लड्न पाउँ, पीडितको पक्षमा काम गर्छु



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले थुनामुक्त गरेमा सहकारी पीडितको रकम फिर्ता गर्ने पहल गर्ने जनाएका छन् ।

जिल्ला अदालत कास्कीमा आरोपीलाइ कुरा राख्ने समय दिए पछि अदालतको इजलासमा उनले सो प्रतिबद्दता जनाएका हुन् ।

‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु, बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्, बिगतमा गृहमन्त्री हुँदा पनि मैले कुनै शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन,’ न्यायधिस समक्ष लामिछानेले प्रतिबद्दता जनाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाइ अदालत लगिएको थियो ।

उनीहरूको थुनछेकदेखि जवाफी बहस सबै सकिएकाले सो मुद्दामा आजै आदेश आउने सम्भावना देखिए पछि सबै ७ आरोपीलाइ जिल्ला अदालत कास्की लगिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो । बिहिबार सबै आरोपीलार्इ कुरा राख्न समय दिइएको थियो ।

रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन । आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

“पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन ।”

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १ : ५१ बजे

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदै