२८ चैत्र २०८२, शनिबार | April 11, 2026

अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारमा जोड



पोखरा । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले नीतिगत सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

शुक्रबार पोखरामा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ विषयक सम्वाद कार्यक्रमका सहभागीहरुले कतिपय नीति तथा कानुनी अड्चनका कारण निजी क्षेत्र लगानीतर्फ आकर्षित हुन नसकेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी कानुन निर्माण गर्नुपर्ने बताए । “यतिठूलो राजनीतिक परिवर्तन भइसक्दा पनि २०२०र२१ सालतिरका कानुनअनुसार चल्नुपर्ने अवस्था छ, परम्परागत कानुनमा सुधार जरुरी छ”, उनले भने।

ढकालले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले दिएका सुझावलाई सरकारले बेवास्ता गरेकामा गुनासो गरे। “कोभिडपछि बजेट र मौद्रिक नीतिमा धेरै सुझावहरु निजी क्षेत्रका तर्फबाट दिएका थियौँ, ती सुझावलाई नीति निर्माताले गम्भीर रुपमा लिनुभएन, निजी क्षेत्रकै फाइदाका लागि भन्ने परम्परागत दृष्टिकोण राख्नुभयो”, अध्यक्ष ढकालले भने।

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनालले माग घट्दा बजारमा तरलता देखिएको बताए । उधारो असुली नहुँदा कतिपय व्यवसायी पलायन हुनुपरेको उनको भनाइ छ । सरकारले निर्माण व्यवसायीलाई समयमा भुक्तानी गर्न नसक्दा त्यसले उधारो असुलीमा असर परेको संयोजक खनालले बताए। उद्योगी, व्यवसायीहरु लगानी गर्न उत्सुक नदेखिनुमा नीतिगत जटिलता प्रमुख कारण रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ४८ बजे

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक