७ आश्विन २०८३, बुधबार | September 23, 2026

सपथ ग्रहण लगत्तै ट्रम्प-पुटिन भेटवार्ता हुने



वासिंगटन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बिच भेटघाट हुने भएको छ । संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने बताएका हुन । तर, रिपब्लिकन नेता ट्रम्पले दुई नेताबीच वार्ताको कुनै समयसीमा भने अहिले तय नभइसकेको जनाए ।

‘उनी भेट्न चाहन्छन् र हामी यसका लागि समय तय गर्दैछौं,’ ट्रम्पले  फ्लोरिडाको पाम बीचको मार ए लागोमा रिपब्लिकन गभर्नरसँगको बैठक अघि जानकारी दिदैँ भने ।

‘राष्ट्रपति पुटिन मसँग भेट्न चाहन्छन्, पुटिनले सार्वजनिक रूपमा नै भनेका छन कि हामीले त्यो युद्धलाई समाप्त गर्नुपर्छ,’ ट्रम्पले रूस-युक्रेन युद्धको बारेमा भने ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार भनेका थिए कि पुटिनले सम्पर्कको लागि ट्रम्पको इच्छालाई स्वागत गर्नेछन् तर अहिलेसम्म कुनै औपचारिक अनुरोध भने गरिएको छैन । पेस्कोभले भने, ‘ट्रम्पले पहिले पदभार ग्रहण गरून, त्यसपछि उपयु्क्त समय तय गरिनेछ ।’

युक्रेनमा शान्ति ल्याउने आफ्नो अभियानको क्रममा ट्रम्पले प्रतिवद्धता गरिसकेका छन । फेब्रुअरी २०२२ मा सुरू भएको रूसको पूर्ण मात्रामा आक्रमण झण्डै ३ वर्ष देखी जारी रहेको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले पदभार ग्रहण गर्नु भन्दा डेढ हप्ता अघि पुटिनलाई भेट्ने बारे आफ्नो बयान दिए पछि सो क्षेत्रमा शान्ति स्थापना हुने विश्वास गरिएको छ ।

पदभार तथा सपथ ग्रहण लगत्तै दुवै विश्व नेता बिच भेटवार्ता हुने प्रवल सम्भावना रहे पनि मिति र स्थान भने अझै तय भएको छैन । यद्दपी, पदभार ग्रहण पछि सो मिति तय हुने ट्रम्प निकटहरूले जनाएका छन् ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ८ : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई