२९ पुस २०८१, सोमबार | January 13, 2025

सपथ ग्रहण लगत्तै ट्रम्प-पुटिन भेटवार्ता हुने



वासिंगटन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बिच भेटघाट हुने भएको छ । संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने बताएका हुन । तर, रिपब्लिकन नेता ट्रम्पले दुई नेताबीच वार्ताको कुनै समयसीमा भने अहिले तय नभइसकेको जनाए ।

‘उनी भेट्न चाहन्छन् र हामी यसका लागि समय तय गर्दैछौं,’ ट्रम्पले  फ्लोरिडाको पाम बीचको मार ए लागोमा रिपब्लिकन गभर्नरसँगको बैठक अघि जानकारी दिदैँ भने ।

‘राष्ट्रपति पुटिन मसँग भेट्न चाहन्छन्, पुटिनले सार्वजनिक रूपमा नै भनेका छन कि हामीले त्यो युद्धलाई समाप्त गर्नुपर्छ,’ ट्रम्पले रूस-युक्रेन युद्धको बारेमा भने ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार भनेका थिए कि पुटिनले सम्पर्कको लागि ट्रम्पको इच्छालाई स्वागत गर्नेछन् तर अहिलेसम्म कुनै औपचारिक अनुरोध भने गरिएको छैन । पेस्कोभले भने, ‘ट्रम्पले पहिले पदभार ग्रहण गरून, त्यसपछि उपयु्क्त समय तय गरिनेछ ।’

युक्रेनमा शान्ति ल्याउने आफ्नो अभियानको क्रममा ट्रम्पले प्रतिवद्धता गरिसकेका छन । फेब्रुअरी २०२२ मा सुरू भएको रूसको पूर्ण मात्रामा आक्रमण झण्डै ३ वर्ष देखी जारी रहेको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले पदभार ग्रहण गर्नु भन्दा डेढ हप्ता अघि पुटिनलाई भेट्ने बारे आफ्नो बयान दिए पछि सो क्षेत्रमा शान्ति स्थापना हुने विश्वास गरिएको छ ।

पदभार तथा सपथ ग्रहण लगत्तै दुवै विश्व नेता बिच भेटवार्ता हुने प्रवल सम्भावना रहे पनि मिति र स्थान भने अझै तय भएको छैन । यद्दपी, पदभार ग्रहण पछि सो मिति तय हुने ट्रम्प निकटहरूले जनाएका छन् ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ८ : ३० बजे

सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

रवि लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक

पोखरामा लियो ३२५-जे नेपालको दोस्रो काउन्सिल बैठक सम्पन्न

पोखरा । लियो जिल्ला परिषद् ३२५ जे नेपालको बार्षिक अवार्ड

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ