१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

अमेरिकाद्वारा रुसका दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध



काठमाडौं । अमेरिकाले रूसका दुई सबैभन्दा ठूला तेल कम्पनीहरूमा नयाँ प्रतिबन्ध लगाएको छ।
यो कदमलाई अमेरिकाले युक्रेनसँगको शान्ति वार्तामा दबाब बढाउने प्रयासको रूपमा लिइएको छ।

अमेरिकाले जस दुई प्रमुख रूसी तेल कम्पनीहरूमा नयाँ प्रतिबन्ध लगाएको हो, ती हुन् – रोजनेफ्ट (Rosneft) र लुकोइल (Lukoil)। यी दुवै कम्पनीहरूबाट भारतले ठूलो परिणाममा तेल किन्ने गर्छ। त्यसैले, यी प्रतिबन्धहरूको प्रत्यक्ष असर भारतमाथि पनि पर्न सक्ने अनुमान गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, “हरेक पटक म व्लादिमिरसँग कुरा गर्छु, कुरा राम्रो हुन्छ तर अघि बढ्दैन।”

ट्रम्पले यो कुरा नेटो महासचिव मार्क रूटसँगको भेटपछि बताएका हुन्, जसमा उनीहरूले शान्ति वार्ताबारे छलफल गरेका थिए।

यी प्रतिबन्धहरूले विकासशील देशहरूको ऊर्जा सुरक्षा (तेल र ग्यास आपूर्ति)मा नकारात्मक असर पार्ने रूसले चेतावनी दिएको छ ।

एक दिनअघि मात्रै ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा हुन लागेको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको बताएका थिए।

बुधबार बिहान रूसले युक्रेनमा भीषण बमबारी गरेको थियो, जसमा केही बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ।

अमेरिकी वित्त मन्त्री स्कट बेसन्टले भनेका छन्, “पुटिनले युद्ध अन्त्य गर्न अस्वीकार गरेकाले यी नयाँ प्रतिबन्ध आवश्यक भएका हुन्।”

बेसन्टका अनुसार यी तेल कम्पनीहरूले रूसलाई युद्धका लागि आर्थिक स्रोत उपलब्ध गराइरहेका छन्।

उनले थपे, “अब मानिसहरूको हत्या रोक्ने र तत्काल युद्धविराम गर्ने समय आएको छ।”

बुधबार व्हाइट हाउसमा ट्रम्पले पुटिनको आलोचना गर्दै भने, “उनी शान्ति प्रति गम्भीर छैनन्।” ट्रम्पले भनेका छन्, “मलाई लाग्यो अब समय आएको छ। हामीले धेरै पर्ख्यौं।”

अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ प्रतिबन्धलाई महत्वपूर्ण कदम बताउँदै भनेका छन् कि यदि रूस युद्ध रोक्न तयार भयो भने यी प्रतिबन्ध चाँडै हटाइनेछन्।

मार्क रूटले पनि अमेरिकाको यस कदमको प्रशंसा गर्दै भनेका छन् कि यो कदमले पुटिनमाथि दबाब बढाउनेछ।

यो निर्णय त्यस्तो समयमा आएको हो जब अमेरिका र रूसका शान्ति प्रस्तावहरूबीच मतभेद अझ स्पष्ट भएका छन्। ट्रम्पका अनुसार, मुख्य अवरोध भनेको रूसले वर्तमान युद्ध मोर्चामा लडाइँ रोक्न अस्वीकार गर्नु हो।

गत हप्ता बेलायतले पनि रोजनेफ्ट र लुकोइलमाथि यस्तै प्रतिबन्धहरू लगाएको थियो। बेलायकी वित्त मन्त्री रैचल रीभ्सले भनिन्, “विश्व बजारमा अब रूसी तेलको कुनै स्थान छैन।”

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ८ : ३९ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ