३ असार २०८३, बुधबार | June 17, 2026

युक्रेन मुद्दामा ट्रम्प भावनामा बहकिएको रुसको आरोप



मस्को । रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भावनामा बहकिएको आरोप लगाएको छ । युक्रेन मुद्दाको विषयलाई लिएर ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनलाई पागलको संज्ञा दिएपछि रुसले यस्तो प्रतिक्रिया जनाएको हो ।

युक्रेनमा ३६७ ड्रोन तथा मिसाइल प्रहार गरेर १३ जनाको ज्यान गएपछि ट्रम्पले पुटिनलाई सामाजिक सञ्जालमा नै उनलाई केही भइरहेको बताएका थिए ।

पुटिनका प्रवक्ता डिमिट्री पेस्कोभले यसलाई ट्रम्पको धेरै दौडधुपका कारण उत्पन्न भावनात्मक संवेगको रूपमा व्याख्या गरेका छन् ।

यसैबीच जर्मन चान्सलर फ्रेडरिच मर्जले युक्रेनका सहयोगीले सहयोग गरेको आएको निश्चित दुरीको हतियारको साटो किभ टाउरस मिसाइल दिने बताएका छन् ।

शनिबार र आइतबारको २४ घण्टामा ३६७ मिसाइल प्रहार गर्दै १३ जनाको ज्यान लिएको रुसी सेनाले त्यसको एक दिनपछि आइतबार र सोमबारको युक्रेनको विरुद्धमा ३५५ ड्रोन प्रहार गर्दै १० जनाको ज्यान लिएको छ ।

रुसी रक्षा मन्त्रालयले त्यहाँको एयर सिस्टमले थुप्रै रुसी क्षेत्रमा प्रहार गरिएका २० ड्रोन नास गरिएको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणमा कुनै सैन्य सोच नभएको बताउँदै लगातार युद्ध मच्चाउने र धेरेको ज्यान लिने नीति मात्र रुसको भएको आरोप लगाएका छन् ।

रोयटर्सका अनुसार थप सहयोगका लागि वार्ता गर्न जेलेन्स्की बुधबार बर्लिन जाँदै छन् । यसबारे सबै कुरा पक्का भइसकेको छैन ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ७ : ४६ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका