१० पुस २०८२, बिहिबार | December 25, 2025

देश विकास हुन नसक्नुको मूल कारण राजनीति : नारायणकाजी श्रेष्ठ



पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न सुझाव दिएका छन् । आज पोखरामा आयोजित प्रेस सेन्टर नेपाल कास्की शाखाको छैटौँ जिल्ला अधिवेशनमा उनले राजनीति धमिलो भएको अवस्थामा जिम्मेवार र निष्ठावान् पत्रकारिता आवश्यक पर्ने भएकाले सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सञ्चारकर्मीले सधैँ सुशासन, राष्ट्रिय स्वाधिनता र जनहितमा कलम चलाउन आग्रह गरे । “पत्रकारिता समाजलाई सही बाटोमा डो¥याउने खालको हुनुपर्छ । गलत गर्ने जो कोहीका विषयमा पनि कलम चलाउन छोड्नु हुन्न”, उनले भने,“पछिल्लो समय राजनीतिक भ्रष्टीकरण बढेकाले यसलाई सही बाटोमा ल्याउन पनि पत्रकारका भूमिका महत्वपूर्ण हुने भएकाले यसतर्फ ध्यान दिन आवश्यक छ ।”

पूर्वउपप्रधानान्त्री श्रेष्ठले देश विकास हुन नसक्नुको मूल कारण राजनीति नै भएकाले राजनीतिलाई सङ्लो बनाउन आवश्यक भएको धारणा राखे ।

नेपाल पत्रकर महसङ्घका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवालीलगायतले श्रम अधिकार र पत्रकारिताका विविध पक्षबारे धारणा राखे ।

प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार दीपक परियारलाई थमन परियार स्मृति पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ५ : ४७ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु