२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

बिआरआई सम्झौतामा ‘लोन’ भन्ने शब्द नै छैन् : परराष्ट्रमन्त्री राणा



काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणाले चिनियाँ सहयोग परियोजना ‘बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई)’ सम्झौता ‘लोन’ नभएको दाबी गरेकी छिन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको जारी बैठकमा बोल्दै पराराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा भएको सम्झौतामा ‘लोन’ नै नरहेको बताएकी हुन ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा भएको बिआरआई सम्झौतामा ऋण लिने बारे कुनैपनि कुरा उल्लेख गरिएको छैन, जसरी ऋण लिनेगरी सम्झौता भयो भनिदै आएको छ, यो तथ्यहीन छ,’ उनले सांसदहरूको प्रश्नको जवाफ दिदैँ भनिन्,’सम्झौतामा ग्रान्‍ड र एड भन्ने शब्द मात्र प्रयोग गरिएको छ, ‘लोन’ भन्ने शब्द कही कतै छैन, सय पटक पढे पनि लोन शब्द भेटिन्न ।’

प्रधानमन्त्री केपी शर्मा ओली गत मंसिर १७ देखि २० सम्म चीन भ्रमणको क्रममा चीनसँग सो सम्झौता भएको थियो । बरू, काठमाडौंमा राजनीतिक सहमति गरेर चीनमा एकरूपता कायम गरिएको उनले जनाएकी छिन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  २ : १२ बजे

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम

पहिलो चरणमा जोखिमपूर्ण बस्ती खाली गर्ने काम सम्पन्न

काठमाडौँ । पहिलो चरणमा काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक

पश्चिम एसियाको असर न्यूनीकरण गर्न सरकारलाई सुझाव

काठमाडौ । पश्चिम एसियाको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा