४ भदौ २०८३, बिहिबार | August 20, 2026

सिद्धार्थ इङ्ग्लिस बोर्डिङ् सेकेन्डरी स्कुलमा खेल महोत्सव सम्पन्न



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ शंङ्करनगरस्थित सिद्धार्थ मा. वि. मा सुरु भएको खेल महोत्सव २०८१ सम्पन्न भएको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले गत शनिबारबाट सुरु भएको खेल महोत्सव सोमबार एक समारोहका बिच सम्पन्न भएको छ ।

सो समापन समारोहमा विद्यालयका प्राचार्य यम बहादुर रानाले खेलकुदको महत्वबारे प्रकाश पारेका थिए । साथै उनले खेल महोत्सव अवधिभर सबै विद्यार्थीहरुले देखाएको अनुशासन र सक्रियताको प्रशंसा गर्दै सबैलाई धन्यवाद दिएका थिए । खेल महोत्सवको अन्तिम दिन जुनियर, मिडल र सिनियरतर्फ १००×४ रिले दौड, मिडल र सिनियरतर्फ ४०० मिटर दौड, टग अफ वार, म्युजिकल चियर लगाएतका खेलहरु सम्पन्न भएका छन् । प्रत्यक वर्ष जस्तै ३ कि.मि. को छात्र÷छात्रा क्रस कन्ट्री पनि सम्पन्न भएको छ ।

शिक्षक शिक्षिका तथा कर्मचारीहरुका लागि पनि टग अफ वार, प्लेट रेस र घैटो फुटाउने लगाएतका विभिन्न खेलहरु भएका थिए । खेल संयोजक मेघराज भट्टराइले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले बिचबिचमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विजयी विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ४ : १९ बजे

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त