२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिद्धार्थ इङ्ग्लिस बोर्डिङ् सेकेन्डरी स्कुलमा खेल महोत्सव सम्पन्न



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ शंङ्करनगरस्थित सिद्धार्थ मा. वि. मा सुरु भएको खेल महोत्सव २०८१ सम्पन्न भएको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले गत शनिबारबाट सुरु भएको खेल महोत्सव सोमबार एक समारोहका बिच सम्पन्न भएको छ ।

सो समापन समारोहमा विद्यालयका प्राचार्य यम बहादुर रानाले खेलकुदको महत्वबारे प्रकाश पारेका थिए । साथै उनले खेल महोत्सव अवधिभर सबै विद्यार्थीहरुले देखाएको अनुशासन र सक्रियताको प्रशंसा गर्दै सबैलाई धन्यवाद दिएका थिए । खेल महोत्सवको अन्तिम दिन जुनियर, मिडल र सिनियरतर्फ १००×४ रिले दौड, मिडल र सिनियरतर्फ ४०० मिटर दौड, टग अफ वार, म्युजिकल चियर लगाएतका खेलहरु सम्पन्न भएका छन् । प्रत्यक वर्ष जस्तै ३ कि.मि. को छात्र÷छात्रा क्रस कन्ट्री पनि सम्पन्न भएको छ ।

शिक्षक शिक्षिका तथा कर्मचारीहरुका लागि पनि टग अफ वार, प्लेट रेस र घैटो फुटाउने लगाएतका विभिन्न खेलहरु भएका थिए । खेल संयोजक मेघराज भट्टराइले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले बिचबिचमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विजयी विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ४ : १९ बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ