२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

विद्यालय परिसरमै सुरु भयो मदिरालयसहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)



बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ सुरु भएको छ । गैरकानुनीरुपमा विद्यालय परिषरमा मदिराका विज्ञापन र बेचबिखन सहित बुटवल खाना महोत्सवको आरम्भ भएको हो ।

नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा आजबाट सुरु भएको महोत्सवको नेपाल होटल तथा रेष्टुरेन्ट महासंघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले उद्घाटन गरे ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, लुम्बिनी प्रदेश सरकार, पर्यटन ग्रामिण विकास तथा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद बुटवल प्रवद्र्धक र रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सोमबारदेखि बुटवलमा खाना महोत्सव तथा माघी मेला २०८१ संचालन भएको हो । महोत्सवको मुख्य प्रायोजक सागर डिष्ट्रिलरि (रोयल ब्लु) र गोर्खा ब्रुअरीको सहप्रायोजनमा रहेको छ ।

बुटवलको सिद्देश्वर लालकुमारी माध्यमिक विद्यालयको मैदान परिसरमा संचालन भएको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष चुकेले पर्यटन क्षेत्रमा योगदान दिने उद्योगका रुपमा आफुहरु रहेको बताए । पर्यटन क्षेत्रमा सरकारको लगानीसंगै पर्यटन ब्यवसायीहरु पर्यटन उत्पादनको बारेमा विषयमा जोड दिन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष लेखनाथ भण्डारीले लुम्बिनी प्रदेश विश्वमा नै पर्यटनको उत्कृष्ट गन्तब्य भएको दाबी गर्दै यहाका ब्यवसायीहरुलाई संस्थागत रुपमा एकतावद्ध गर्दै आफुहरु पर्यटन प्रवद्र्धनको योजनामा लागेको बताए । प्रत्येक वर्ष अग्रेजी नया वर्षमा सडक महोत्सव गर्दै आएका रुपन्देहीका होटल ब्यवसायीहरुले यस वर्ष भने माघी पर्वलाई विशेष प्रचारप्रचार गर्ने गरि कार्यक्रम गरेको बताए ।

माघ २ गतेसम्म चल्ने महोत्सवमा स्थानीय थारू, मगर, नेवार र अन्य समुदायका परम्परागत खानाका परिकारकोे प्रदर्शनी र विक्रीका लागि राखिएका छन् । यसैगरि कार्यक्रममा थारू नाच, लोकदोहोरी र विभिन्न जातजातिका मौलिक र सांस्कृतिक नृत्यहरुका साथै पर्यटन प्रवद्र्धन हुने लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने स्टलहरु रहेको संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए ।

कार्यक्रममा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद बुटवलका कार्यकारी निर्देशक रामु जोशी, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरे, वडा नं ४ वडा वडाअध्यक्ष नरिश्वर पौडेल, सघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, महासचिव अर्जुन थापा लगायतले खाना महोत्सव र मेला संचालनबाट हुने फाईदाबारे प्रकाश पारेका थिए ।

खाना महोत्सवको नाममा विद्यालय परिषरमा मदिराको बिक्रि वितरण र विज्ञापनबाट प्रचलित कानुनको उल्लंघन भएको भन्दै सरकोरवालाले आयोजकको आलोचना गरेका थिए । स्थानीय सिद्देश्वर माविको मैदानमा संचालन गरिएको महोत्सवमा मदिराका ठुलाठुला विज्ञापन गरिनुका साथै मदिराका स्टलहरु पनि राखिएका छन् ।

झाकीमा नेवाः समाज अर्घाखाची रुपन्देही प्रथम

यसैबिच महोत्सवको शुभारम्भअघि निकालिएको प्रचारात्मक जनचेतनामुलक रयालीमा नेवाः समाज अर्घाखाची रुपन्देही प्रथम भएको छ । यसैगरि स्याङजा कारीकोट तराईबासी समुह र उचडिया स्वावलम्बन समुह सैनामैना रुपन्देही दोस्रो, कालिका टोल विकास संस्था बुटवल ७ तेस्रो भएका छन ।

यसैगरि बुद्ध टोल विकास संस्था बुटवल ७, सिद्धेश्वर नमुना आमा समुह बुटवल ७, आम्दा दिपज्योती आमा समुह बुटवल ७, सृजना संस्कृति आमा समुह बुटवल ८ र समावेशी आमा समुह बुटवल ७ दिपनगर सान्त्वना स्थान हासिल गरेको संयोजक माधव प्रसाद नेपालले बताए ।

रयालीमा विभिन्न संघसंस्था, जातजाती, टोल विकास समुह, ब्यवसायिक संघसंस्था गरि २२ टोलीहरुको सहभागिता रहेको थियो । प्रथम टिमले नगद १० हजार, दोस्रो टिमले नगद ५ हजार, तेस्रो टिमले नगद ३ हजार तथा सान्त्वना टिमहरुले नगद २ हजारका दरले पुरस्कृत गरिएको संघका उपाध्यक्ष रोमाकान्त पाण्डेले बताए ।

फोटो फिचर

 

 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ९ : २८ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र