२४ श्रावण २०८३, आइतबार | August 9, 2026

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न



काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ संस्करण आज सम्पन्न भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १६ गतेदेखि सुरु भएको उक्त सैनिक अभ्यास आज सम्पन्न भएको हो ।

एक विशेष कार्यक्रमका बीच अभ्यासको समापन गर्दै बलाध्यक्ष रथी प्रदिपजङ्ग केसीले संयुक्त अभ्यास सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सम्बद्ध सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गरे । उनले अभ्यासका क्रममा दुवै देशका फौजले प्रदर्शन गरेको व्यावसायिक दक्षता, उच्चस्तरको समर्पण र सामूहिक लगाव प्रशंसनीय रहेको बताए ।

संयुक्त अभ्यास निर्देशक सहायक रथी सुरज गुरुङ्गद्वारा अभ्यासको संक्षिप्त जानकारीसहित सुरु भएको कार्यक्रममा भारतीय सेनाको अभ्यास पर्यवेक्षक समूहका तर्फबाट ब्रिगेडियर जनरल गोविन्दन प्रविणले मन्तव्य राखेका थिए ।

विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोगलगायत विषय समावेश गरी अभ्यास सञ्चालन भएको नेपाली सेनाले जनाएको छ । अभ्यासमा नेपाली सेनाका तर्फबाट प्रमुख सेनानी निराजन कटवाल र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा दुवै देशका छ सय ६८ सैनिकहरू सहभागी भएका थिए ।

समापन कार्यक्रममा मध्य पश्चिम पृतनापति उपरथी प्रेमबहादुर पुन, रथीवृन्द, अधिकृत, नेपालका लागि भारतीय सैनिक सहचारीलगायतको उपस्थिति थियो ।

विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको यस अभ्यासले दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनाका साथै सकल दर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारी अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : ०६ बजे

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको

बढ्दै ग्यासको आयात, बिस्तारै हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख