२० मंसिर २०८२, शनिबार | December 6, 2025

निर्माण व्यवसायीद्वारा आन्दोलनको घोषणा, अर्थमन्त्री भन्छन् : २८ मध्ये २२ अर्ब निकास भइसक्यो



काठमाडौं। सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण व्यवसायीले आन्दोलनको घोषणा गरेका छन ।

भोलि अर्थात माघ ३ गतेदेखि चरणबद्ध रूपमा सरकार बिरूद्द आन्दोलनमा जाने घोषणा निर्माण व्यावसायीले गरेका हुन ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकास निर्माण सबन्धि मन्त्रीहरूलाई ज्ञापनपत्र दिने काम सुरू गरिनेछ ।

माघ १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको महासचिव रोशन दाहालले जानकारी दिए ।

यसपछि पनि माग पुरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने गरी अर्को चरणको आन्दोलन घोषणा गरिने उनीहरूले चेतावनी दिएका छन ।

निर्माण सामग्रीको मूल्यवृद्धि, लामो समयदेखि सरकारबाट भुक्तानी नभएको, राष्ट्र बैङ्कले दिइएको सुविधा कटौती लगायतका कारण निर्माण उद्योग सङ्कटमा परेको उनीहरूको दावी रहेको छ ।

उपप्रधान तथा अर्थ मन्त्री बिष्णु पौडेलले भने सरकारको दायित्व अन्तर्गत निर्माण व्यवसायीहरुलाई कुल २८ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा २२ अर्ब भुक्तानी भइसकेको जनाएका छन । उनका अनुसार अब करिव ६ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रकृयामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी यसअघि दिएका थिए ।

सोही बीच, निर्माण व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।

 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ३ : ४६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति