५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बुटवलमा सम्पन्न दोस्रो नगरस्तरीय अन्तर वडा लोकभजन प्रतियोगिताको उपाधी मुक्तेश्वर शिवमन्दिर भजन समुहलाई



बुटवल । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको दोस्रो नगरस्तरीय अन्तर वडा लोकभजन प्रतियोगिताको उपाधी मुक्तेश्वर शिवमन्दिर भजन समुहले प्राप्त गरेको छ ।

बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा आयोजना गरिएको दोस्रो नगरस्तरीय अन्तर वडा लोक भजन प्रतियोगितामा विजेता वडा नं १७ को मुक्तेश्वर शिव मन्दिर भजन समुहलाई ३० हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको हो ।

मंगलबार र बुधबार दुई दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा बुटवल उपमहानगरपालिका वडा नं १२ को परोपकार एकादशी भजन समुह द्वितीय, बुटवल ७ स्थित सिद्देश्वर शिवालय मन्दिर भजन समुह तृतीय र बुटवल ८ स्थित राधाकृष्ण मन्दिर भजन समुह सान्त्वना भएका छन् ।

उनीहरुलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष दीपु मगरले जानकारी गराए । त्यसैगरी प्रतियोगितामा सहभागि तथा विधागत रुपमा उत्कृष्ट हुनेलाई पनि नगर पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेता तथा विभिन्न विधामा उत्कृष्ट हुने समुहलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । त्यस अवसरमा नगर प्रमुख पाण्डेयले लोक संस्कृतिको संरक्षण गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले बिभिन्न जातजाती तथा समुदायसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको बताए । सोही कार्यक्रम अन्तर्गत लोक भजन प्रतियोगिता आयोजना गरिएको बताए ।

“हाम्रो चाहना लोकसँस्कृतिको जगेर्ना” भन्ने नाराका साथ बुटवल उपमहानगरपालिकाको सहयोग र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान लुम्बिनी प्रदेश समितिको ब्यवस्थापनमा दोश्रो लोक भजन प्रतियोगिता आयोजना गरिएको भन्दै नगर प्रमुख पाण्डेयले यस्ता खाले कार्यक्रमले नयाँ पुस्तालाई पुरानो मौलिक संस्कृति बारे ज्ञान प्राप्त हुने विश्वास व्यक्त गरे ।

दुई दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका १९ वटा वडाका २६ वटा भजन समुहको सहभागिता रहेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनीका पूर्वअध्यक्ष डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

प्रतियोगितामा नेपाल लोक भजन चुट्का संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष नारायण लेकाली, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका संरक्षक तथा केन्द्रीय सदस्य डिल्लीनारायण पाण्डेय र प्रतिष्ठानका पूर्व सदस्य नारायण भुसाल निर्णायकको भूमिकामा रहेको प्रतिष्ठानका सचिव योगराज पोखरेलले वानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ८ : ५२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं