२९ माघ २०८१, मंगलबार | February 11, 2025

सैफ अली खानको ढाडबाट निकालियो २ इन्चको चक्कुको टुक्रा



मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईस्थित उनको घरमा भएको हमलाले बलिउड र उनका फ्यानलाई स्तब्ध बनाएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । आक्रमणकारी मध्यरातमा पोस सोसाइटीको फ्ल्याटमा कसरी प्रवेश गरे भन्ने प्रश्न उठिरहेको छ ।

अभिनेता सैफलाई उनको बान्द्राको फ्ल्याटमा बिहान १ देखि २ बजेको बीचमा अज्ञात व्यक्तिले चक्कु प्रहार गरेको थियो, जसमा उनी घाइते भएका थिए र शल्यक्रियाका लागि अस्पतालमा भर्ना भएका थिए ।

लीलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीका अनुसार सैफ अली खानको शरीरमा ६ घाउ देखिएको छ, जसमध्ये २ गहिरो रूपमा रहेका छन् । एउटा घाउ उनको मेरुदण्डको नजीक र अर्को घाँटीमा छ। उनको शल्यक्रिया सकिएको छ ।

उनको दुईवटा गहिरो घाउमा प्लास्टिक सर्जरी गरिएको लीलावती अस्पतालका चिकित्सकले बताएका छन् । लिलावती अस्पतालका चिकित्सकले सैफको शरीरमा चक्कुको टुप्पोको दुईवटा निशान घाँटीमा रहेको मिडियालाई बताएका छन् ।

उनका अनुसार सबैभन्दा ठूलो घाउ उनको मेरुदण्डमा थियो । डाक्टरले भने- ‘हामीले मेरुदण्डबाट यति ठूलो (औँलाको इशाराले) साढे दुई इन्चको चक्कुको टुक्रा निकालेका छौं ।’ यतिखेर अस्पतालमा श्रीमती करिना, छोरी सारा अलि खानसहित परिवारका अन्य सदस्य अस्पतालमा पुगेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ३ : १५ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा