५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बुटवलमा चोरी कार्यमा संलग्न २ जना पक्राउ



बुटवल । बुटवलमा चोरी कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल लगायत विभिन्न स्थानमा सार्वजनिक सवारी साधनमा प्रवेश गरी चोरी गर्दै हिँड्ने २ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरी कारवाही अगाडि बढाइएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डीतका अनुसार सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर-९ स्थायी घर भएका नीम बहादुर बोलन (सागर) र सोही जिल्लाको बागमती नगरपालिका वडा नम्बर-२ का चन्द्रमान लामा लाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

पक्राउ गरिएका व्यक्तिहरूले लामो समयदेखि समूहमा बसेर लुटपाट गर्दै आएका थिए । उनीहरूले गत पुस १५ गते राजमार्ग चौराहामा समेत चोरी गरेका थिए । उनीहरूको साथबाट ६३ हजार ५ सय नगद र ४ थान मोबाइल समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक पण्डीतले जानकारी दिए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : ४२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं