बुटवल । बुटवलमा चोरी कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल लगायत विभिन्न स्थानमा सार्वजनिक सवारी साधनमा प्रवेश गरी चोरी गर्दै हिँड्ने २ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरी कारवाही अगाडि बढाइएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डीतका अनुसार सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर-९ स्थायी घर भएका नीम बहादुर बोलन (सागर) र सोही जिल्लाको बागमती नगरपालिका वडा नम्बर-२ का चन्द्रमान लामा लाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
पक्राउ गरिएका व्यक्तिहरूले लामो समयदेखि समूहमा बसेर लुटपाट गर्दै आएका थिए । उनीहरूले गत पुस १५ गते राजमार्ग चौराहामा समेत चोरी गरेका थिए । उनीहरूको साथबाट ६३ हजार ५ सय नगद र ४ थान मोबाइल समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक पण्डीतले जानकारी दिए ।
प्रतिक्रिया