१८ भदौ २०८३, बिहिबार | September 3, 2026

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा



बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक कारबाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले सवारी दुर्घटना न्यूनिकरण तथा सामाजिक अपराध नियन्त्रणका लागि विभिन्न स्थानमा गरेको जाँच तथा सचेतनामूलक अभियानका क्रममा नियम विपरीत सञ्चालन गरिरहेका चालकलाई कारबाही गरेको हो ।

बुटवलका व्यस्त सडक भुड्किचोक, अमरपथ, कालिका पथको तीनकुने तथा देवीनगर क्षेत्रमा जाँच गर्ने क्रममा बिल–बुक नभएका तथा सवारी चालक अनुमति पत्र नभएकाहरूलाई कारबाही गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

बुटवललाई सुरक्षित र शान्त बनाउने उद्देश्यले प्रहरीले विभिन्न अभियानलाई निरन्तरता दिएको उनले बताए । शुक्रबार कारबाहीमा परेका ई-रिक्साहरूलाई कानुनअनुसार जरिवाना गरिने समेत उनले उल्लेख गरे ।

इलाका प्रहरी कार्यालय बुटवलले यसअघि स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै चलाइने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही अभियान सञ्चालन गरेको थियो ।

त्यसैगरी, स्वरूप परिवर्तन गरी ग्राहक ठगी गर्ने टिप्पर तथा ट्र्याक्टरहरूलाई पनि नियन्त्रणमा लिएर कारबाही गरिएको थियो । उक्त अभियान अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सञ्चालन गरेको “अपरेशन साइलेन्ट स्ट्रिट” अभियान अन्तर्गत ५० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १० : ४० बजे

भोटेकोशीको भेलले बगाएको स्याफ्रुबेसीको सपना (फोटोफिचर)

काठमाडौं । यी दृश्यहरू रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र

जलवायु न्यायका लागि सामूहिक पहल आवश्यक छ : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यही भदौ

भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज