५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा



बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक कारबाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले सवारी दुर्घटना न्यूनिकरण तथा सामाजिक अपराध नियन्त्रणका लागि विभिन्न स्थानमा गरेको जाँच तथा सचेतनामूलक अभियानका क्रममा नियम विपरीत सञ्चालन गरिरहेका चालकलाई कारबाही गरेको हो ।

बुटवलका व्यस्त सडक भुड्किचोक, अमरपथ, कालिका पथको तीनकुने तथा देवीनगर क्षेत्रमा जाँच गर्ने क्रममा बिल–बुक नभएका तथा सवारी चालक अनुमति पत्र नभएकाहरूलाई कारबाही गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

बुटवललाई सुरक्षित र शान्त बनाउने उद्देश्यले प्रहरीले विभिन्न अभियानलाई निरन्तरता दिएको उनले बताए । शुक्रबार कारबाहीमा परेका ई-रिक्साहरूलाई कानुनअनुसार जरिवाना गरिने समेत उनले उल्लेख गरे ।

इलाका प्रहरी कार्यालय बुटवलले यसअघि स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै चलाइने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही अभियान सञ्चालन गरेको थियो ।

त्यसैगरी, स्वरूप परिवर्तन गरी ग्राहक ठगी गर्ने टिप्पर तथा ट्र्याक्टरहरूलाई पनि नियन्त्रणमा लिएर कारबाही गरिएको थियो । उक्त अभियान अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सञ्चालन गरेको “अपरेशन साइलेन्ट स्ट्रिट” अभियान अन्तर्गत ५० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १० : ४० बजे

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा