२९ माघ २०८१, मंगलबार | February 11, 2025

भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी



काठमाडौं । भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरूद्ध औषधी ऐन आकर्षिक गर्दै पक्राउ पूर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केरला औषधी नियन्त्रण विभागले दायर गरेको यो मुद्दामा औषधी र जादुमय उपचार (अपत्तिजनक विज्ञापन) ऐन, १९५४ उल्लङ्घन गरेको आरोप लगाइएको छ । यो ऐनले औषधीको चामत्कारिक लाभ वा उपचारसम्बन्धी भ्रामक दाबी प्रतिबन्ध आकर्षित गर्छ ।

अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो । अदालतले यस्तो उल्लङ्घनलाई गम्भीर रूपमा लिएको देखिन्छ । विशेषगरी सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित ठूला संस्थाहरूका क्रियाकलापप्रति यो मुद्दा आकर्षित हुने दाबी गरिएको छ ।

पतञ्जली आयुर्वेदका मुख्य अनुहारका रूपमा बाबा रामदेव र बालकृष्णको उत्पादन प्रचारमा जिम्मेवारीको विषयलाई यो मुद्दाले थप गम्भीर बनाएको छ । यस कानुनी प्रक्रिया र मुद्दाको परिणामले स्वास्थ्य सम्बन्धी उत्पादनहरूको प्रचारमा निगरानी र कार्यान्वयनलाई कडा बनाउने सम्भावना छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ४ : ४४ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा