३ चैत्र २०८१, आइतबार | March 17, 2025

लुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले बढ्यो



काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १४ करोड ७६ लाख रुपैयाँ अर्थात गत वर्षको यसै अवधिको तुलनामा ३०.४६ प्रतिशतखुद नाफा कमाएको छ । गत वर्ष यो बैंकले २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, बैंकको खुद ब्याज आम्दानी भने ८.३४ प्रतिशतले बढेर ९३ करोड ११ लाख रुपैयाँ कायम भएको छ । यसको सञ्चालन नाफा भने ५०.३७ प्रतिशतले घटेर २३ करोड १३ लाख रुपैयाँमा झरेको छ । यसको वितरणयोग्य नाफा ७ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

लुम्बिनीको खराब कर्जा दर ३.५५ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २ अर्ब ८७ करोड रुपैयाँ जम्मा रहेको छ ।

यस बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९२ पैसाले घटेर ८ रुपैयाँ १५ पैसा (वार्षिक) मा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १८१ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : २७ बजे

चिनियाँ कलाकारद्धारा लुम्बिनी विकास कोषमा भेटघाट

लुम्बिनी । चिनियाँ कलाकारहरुले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

हिमवत्खण्ड सम्मेलन : विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गर्ने

बिआरआई कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनले अघि सारेको ‘बेल्ट एन्ड