काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक हजार एक सय रूपैयाँ बढेर प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
प्रतिक्रिया