५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा उद्योगी व्यवसायीलाई उर्जा दक्षता अभिमुखिकरण



बुटवल । बुटवलमा उद्योगी व्यवसायीहरुलाई उर्जा दक्षता सम्बन्धि अभिमुखिकरण गरिएको छ । उद्योगी व्यवसायीका लागि जर्मन सहयोग र युरोयियन युनियनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उर्जा दक्षता कार्यक्रम अन्तरगत बुटवल उद्योग वाणिज्य संघको समन्वयमा मंगलबार बुटवलमा उद्योगी व्यवसायीलाई अभिमुखिकरण गरिएको हो ।

यसमा आर्थिक सहयोग व्यवस्थापनको कार्यान्वयन राष्ट्रिय बाणिज्य बैंक र प्राविधिक पक्षको काम जि.आई.जेड.ले गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले उद्योग प्रतिष्ठानमा उर्जा दक्षता मापनले त्यसको सुधारमा सघाउ पु¥याउने बताए । उनले उद्योग प्रतिष्ठानको स्वास्थ्य जाँच पनि भएकाले उर्जा खपत गर्ने मात्रै नभई उत्पादन लागत घटाउन र प्रतिस्पर्धी बनाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा जि.आई.जेड. उर्जा दक्षता कार्यक्रमका कम्पोनेन्ट म्यानेजर डा। सञ्जयप्रसाद गोरखालीले यो कार्यक्रमको बारेमा जानकारी गराउँदै उर्जा दक्षता कार्यक्रम मानव शरीरमा जस्तै उद्योगको होलवडी चेकपअ भएको बताए । उनले उद्योग प्रतिष्ठानमा गरिने उर्जा खपतको मापनले एउटा उर्जा खपतमा सहयोग गर्ने छ भने अर्कोतर्फ उत्पादन लागत घटाउन पनि सहयोग गर्ने भनाई राखे ।

जि.आई.जेड.का इनर्जी एड्भाईजर सुदन कायस्थले उद्योगमा उर्जा दक्षता सम्बन्धिमा प्रकाश पारेका थिए भने राजिव मंगल जोशीले अनुदान कार्यक्रम सम्बन्धमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ७ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको