२ चैत्र २०८२, सोमबार | March 16, 2026

पत्रकारितामा निरन्तर ‘चार्ज’ हुन जरुरी



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले ‘पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन’ अभिप्रेरणा कार्यक्रम गरेको छ । बह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जसंगको सहकार्यमा आज राजयोग प्रशिक्षण केन्द्रमै अभिप्ररेणा कार्यक्रम गरिएको हो ।

शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अभिप्रेरणा कार्यक्रममा बह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपालगन्ज प्रमुख ब्रहमकुमारी दुर्गा, ब्रहमकुमारी मुना र बह्मकुमारी आरतीले पत्रकारिताका क्रममा सकारात्मकताको विकास, समय र तनाव ब्यवस्थापनका लागि आध्यात्मिक चिन्तन र ज्ञानको आवश्यकतामाथि चर्चा गर्दै ब्यबहारिक कार्यान्वयनका लागि योग, ध्यान र साधनामा जोड दिएका थिए ।

कार्यक्रममा बह्मकुमारी दुर्गाले अध्यात्मिकबादलाई समावेश गरेर पत्रकारिता गर्नुपर्नेमा जोड दिइन् । उनले समयको महत्वलाई बुझेर आफू र समाज बदल्ने गरी काम गर्न आग्रह गरिन् । अहिलेको समय विषम रहेको भन्दै उनले संयमित र जिम्मेवार ढंगले पत्रकारिता गर्न आवश्यक रहेको बताइन् । बह्मकुमारी दुर्गाले जीवनमा सुन्दर रोल निभाउने दृढता लिनुपर्नेमा जोड दिँदै आफूलाई सधैं तनाव, पीडा र अशान्तिबाट मुक्त गर्नुपर्ने उल्लेख गरिन् ।

अभिप्रेरणा कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै ब्रहमकुमारी आरतीले पत्रकारितामा सकारात्मकता र आध्यात्मिक ज्ञानको आवश्यकतामा जोड दिँदै पत्रकारितालाई ‘आध्यात्मिक यात्रा’को संज्ञा समेत दिइन् । उनले पत्रकारिता पनि निरन्तर ‘चार्ज’ हुन जरुरी रहेको बताइन् ।

ब्रहमकुमारी मुनाले परिवर्तनको सुरुवात स्वयं आफूबाट गर्न सके मात्र अरुलाई बदल्न सकिने उल्लेख गरिन् । उनले परिस्थिति परिवर्तन गर्नलाई मनस्थिति परिवर्तन गर्न आवश्यक रहेको भन्दै पत्रकारितामार्फत समाज बदल्न स्वयं पत्रकारहरुमा पनि सकारात्मकता र आध्यात्मिक चिन्तन हुनुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईले पत्रकारहरुले समय र तनाव व्यवस्थापन गर्दै आफ्नो कर्म गर्नुपर्नेमा जोड दिँदै मानव जीवनमा सकारात्मकता र आध्यात्मिक चिन्तन अति जरुरी रहेको बताए ।

शाखा अध्यक्ष गिरीले अहिले समाज नकारात्मकतातिर ढल्किरहेको अवस्थामा पत्रकारितालाई पनि नकारात्मक उर्जाबाट मुक्त गर्दै सकारात्मकता विकास गर्न टेवा पुर्याउने, आफूभित्रको संसारलाई चिनाउने र बदल्ने माध्यम आध्यात्म भएकाले आत्मज्ञान सिकाईको प्रस्थान विन्दुको रुपमा बह्मकुमारी ईश्वरीय विश्वविद्यालयसंग सहकार्य गरेर अभिप्रेरणा कार्यक्रम आयोजना गरिएको बताए । उनले पत्रकारहरुलाई समय र तनाव व्यवस्थापनका लागि जीवनोपयोगी सीप र कला सिकाउने उद्देश्यले पनि यो कार्यक्रम गरिएको बताए ।

नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष एवम् अभिप्रेरणा कार्यक्रम संयोजक तिलक गाउँलेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरेले पनि पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तनको आवश्यकता र महत्वबारे धारणा राखेका थिए । बाँके शाखाको माघ ४ गते सम्पन्न दोस्रो बैठकले ‘पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन’ अभिप्रेरणा कार्यक्रम गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार बह्मकुमारी ईश्वरीय विश्वविद्यालयसंग सहकार्य गरेर कार्यक्रम गरिएको सचिव कृष्ण ओलीले बताए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : १७ बजे

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल विवाद : उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल