५ श्रावण २०८३, मंगलबार | July 22, 2026

हुम्लाको सिमकोटमा खानेपानीको समस्या



सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नुपरेको छ । सिमकोट तल्लो बजारमा धारामा पानी आउन छाडेपछि घण्टौँ लाइन बसेर एक बाल्टी पानी थाप्नुपर्ने अवस्था आएको स्थानीय लक्ष कामीले बताए ।

कामीले भने, “तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी आउन छाडेको छ, पानी आएका एक दुई छिटफुट धारामा पनि एक घण्टा बढी लाइन बस्नुपर्छ, बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै पानी आउने हुँदा कहिले त खाना पकाउने पानी नै पुग्दैन, खाना पकाउनलगायतका लागिसमेत पानीको समस्या छ, व्यक्तिगत सरसफाइमा पनि समस्या छ ।”

एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर खोलामा गएर कपडा धुनुपर्ने बाध्यता स्थानीयको छ । एक बाल्टी पानी थाप्न लाइनमा बस्नुपर्ने बाध्यता छ । हिउँदको समयमा पानीमा बिहानको समय बरफ जम्नुका साथै बजार क्षेत्रका विभिन्न स्थानमा पानीका पाइप टुटफुट भएका कारण तल्लो बजारवासीले खानेपानीको समस्या झेल्दै आउनुपरेको छ । खानेपानीका धारामा बरफ जमेर पानीसमेत आउन नसकेको हो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १ : ५० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं