७ बैशाख २०८३, सोमबार | April 20, 2026

सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्षस्थानमा



पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन निरज तामाङ दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेकाछन्।

पोखराको हिमालयन गल्फ कोर्समा ४-अन्डर ६५ कोस्कोरमा निरजले पहिलो दिन युवराज भुजेल र भुवन कुमार रोक्कालाई २ स्ट्रोकले पछि पारेका हुन। २-अन्डर ६७ कोस्कोरमा युवराज र भुवन संयुक्त रुपमा दोस्रो स्थानमा रहेकाछन्।

धनबहादुर थापा र सञ्जय लामाले १-अन्डर ६८ मा पहिलोदिनको खेल सकाए। उनीहरू संयुक्तरुपमा चौथो स्थानमा रहे। रामे मगर र जयराम श्रेष्ठले छेटौं स्थान बाँडे। उनीहरूलेआज इभन-पार ६९ मा खेल सकाए। प्रदीप कुमार लामा र एमेच्योर सुन्दर राईले १-ओभर ७० मा खेल पुरा गर्दैसंयुक्त रुपमा आठौं स्थानमा रहेका छन। यस्तै, विष्णुप्रसाद शर्मा र एमेच्योर सुरेश तामाङ १०औं स्थानमा रहे। उनीहरुले २-ओभर ७१ खेले।

सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल ईस्टर्न ओपनजितेका निरजले पोखरामा पनि सुरूवात राम्रो गरे। उनलेबोगी रहित फ्रन्ट नाइन खेले। तेस्रो र चौथो होलमा बर्डीप्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि १५औं होलमा एक सट खेर फालेपनि १०औं, १३औं र १६औंहोलको बर्डीले ब्याक नाइन २-अन्डर ३३ मा सकाए।

धरानका अर्का प्रो युवराजले फ्रन्ट नाइनमा १-अन्डर ३३ कोप्रदर्शन गरे। दोस्रो र तेस्रो होलमा बर्डीको सफलतामा सुरूवात राम्रो गरे। तर पाँचौं होलमा डबल बोगी खेप्दा सातौं होलमा बोगीको सामना गरे। यसपछि आठौं र नवौं होलमा एक-एक सट बचाए। ब्याक नाइन उनले १-अन्डर ३४ मासकाए। १३औं देखि १५औं होलसम्म लगातार तीन बर्डी प्रहार गरे तर १०औं र १८औ होलमा एक-एक सट खेर फाले।

भुवनले तेस्रो र पाँचौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि ११औं होलमा डबल बोगी खेपे। १६औं र १७औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३५ मा पुरा गरे।

एमेच्योरतर्फ सुन्दर राई १-ओभर ७० सहित शीर्षस्थानमारहेका छन्। उनले सुरेश तामाङलाई एक स्ट्रोकले पछि पारे।सुरेशले पहिलो दिन २-ओभर ७१ स्कोर गरे।

५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८एमेच्योर गल्फरहरूले प्रतिस्पर्धा गरिरहेका छन। प्रतियोगिताको कुल पुरस्कार ८ लाख ८२ हजार रहेको छ। विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७२ हजार प्राप्त गर्नेछन। शीर्ष २१ मा पर्नेगल्फरहरूले पनि नगद हात पार्नेछन्।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्यनेपाल प्रा।लि। द्वारा प्रायोजित प्रतियोगितामा ३६ होलकोसमाप्तीमा कट लागु हुनेछ। शनिबार प्रो-एम प्रतियोगिताहुनेछ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ८ : ३३ बजे

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा

संसदीय समितिका सभापति र सभामुखबीच भेट

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई

‘लु’ को जोखिम बढ्दै, के हो लु ?, बच्ने कसरी ?

काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला