२२ असार २०८३, सोमबार | July 6, 2026

शहीद सप्ताह सुरुः शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली



काठमाडौँ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ ।

शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उनको सालिकमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरे ।

विसं १९५० मा वनारसमा जन्मिएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय थिए । उनलाई काठमाडौँको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो । राणा सरकारले उनलाई १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।

शास्त्रीको श्रद्धाञ्जलीसभा भएको उक्त स्थानलाई २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण गरेको हो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १० : २६ बजे

सुनौली नाकामा यात्रुलाई हैरानी दिने ४ जना प्रहरी नियन्त्रणमा

बुटवल । नेपाल भारत सीमाको सुनौली नाकामा यात्रुहरुलाई दुःख हैरानी

सुनको मूल्य केही घट्यो, आज प्रतितोला ९०० रुपैयाँ सस्तो

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुन तथा

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका

अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो विवाह

मुम्बई । ‘वास्तविक जीवनमा होइन, केवल कथाहरूमा मात्र दोस्रो मौका

सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौं । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको