२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

अक्सफोर्ड मावि बुटवलमा अन्तर्राष्ट्रिय फुड फेस्टिबल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न



बुटवल । अक्सफोर्ड मावि बुटवलमा कक्षा ११ र १२ होटल म्यानेजमेन्टका विद्यार्थीको आयोजनामा अन्तर्राष्ट्रिय फुड फेस्टिबल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।

प्राचार्य दिनेश भुसालको अध्यक्षतामा भएको खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगतदेखि नै अक्सफोर्डले यस्ता रचनात्मक कार्यक्रम गर्दै विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिक्ने र सिकाउने वातावरण विद्यालयले सिर्जना गरेको बताए ।

प्राध्यापक सुमन भुसालले फुड फेस्टिबल कार्यक्रम गर्नुको प्रमुख कारण विद्यालयमा सिकेको ज्ञान र सीपको प्रयोग सँगै विद्यार्थीहरुले आम्दानी कसरी गर्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान समेत दिनको लागि कार्यकम आयोजना गरेको बताए ।

२०५९ सालमा स्थापना भएको यस मा। विमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रवुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । हाल विद्यालयमा कक्षा ११ र १२ मा १५५० विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको सङ्ख्या ४५० रहेको छ ।

खाना महोत्सव कार्यक्रममा विभिन्न ७ ओटा देशका खानाका स्टलहरू रहेका थिए । जसमा नेपाल, भारत, चाइना, इटाली, अमेरिका, मेक्सिको र इन्डोनेसियाका विभिन्न परिकारहरू रहेका थिए । करिब ४ हजारको उपस्थितिमा भएको कार्यक्रममा १२ लाख बराबरको आर्थिक कारोबार भएको प्राध्यापक उमङ्ग पौडेलले बताए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए भने विभिन्न ब्यान्डहरूले आफ्नो प्रस्तुती देखाएका थिए।अन्तर्राष्ट्रिय खाना महोत्सव कार्यक्रमबाट नाफा भएको रकम विद्यार्थीहरूले सामाजिक काममा प्रयोग गर्ने प्राध्यापक सुमन भुसालले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख मनोज मरासिनी, क्याम्पस अध्यक्ष अजित खनाल, दिप बोडिङ्ग स्कुलका प्राचार्य टिकाराम न्यौपाने, स्कलर्स होमका प्राचार्य बाबुराम बन्जाडे पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, ड्रिम इन्टरनेशनल होटलकाका अध्यक्ष गोपाल राना, साहिल्याण्ड होटलका अध्यक्ष नहकुल शाहि, बुटवल उपमहानगरपालिका शिक्षा शाखाका टिकाराम शर्मा, यादव पौडेल, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष ललित खरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन प्राध्यापकद्वय उमङ्ग पौडेल र विवेक न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : २३ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब