११ फाल्गुन २०८२, सोमबार | February 24, 2026

भारतको रेल दुर्घटनामा सात नेपालीको मृत्युप्रति सरकारद्वारा दुःख व्यक्त



काठमाडौँ, ११ माघ स् सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । उक्त रेल दुर्घटनामा परी नेपाली नागरिक कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला कामी र राधेश्याम राध नेपालीको निधन भएको मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीनजनाको स्थानीय अस्पताल र गम्भीर घाइते एकजनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचार गर्नका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ३८ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने