२९ माघ २०८१, मंगलबार | February 11, 2025

यौटा थकित साम्राज्य



साम्युएल हन्टिङ्टनको पुस्तक “द क्ल्यास अफ सिभिलाइजेसन्स एन्ड द रिमेकिङ अफ वर्ल्ड
अर्डर”ले ठूलो प्रभाव राख्न सफल भए पनि यसले व्यापक सामान्यीकरण र विवादास्पद मान्यताका लागि निरन्तर आलोचना खेपिरहेको छ । साथै, विश्व अर्थतन्त्र र संस्कृतिको बढ्दो अन्तरनिर्भरता हन्टिङ्टनको दृष्टिकोणको अनिवार्यता चुनौती दिने कारक बनेका छन् ।

तर, यस कृतिमा एउटा महत्वपूर्ण र प्रायः बेवास्ता गरिने तर्क छ, जहाँ हन्टिङ्टनले उल्लेख गरेका छन्, “पश्चिमले विश्वलाई आफ्नो विचार, मूल्य वा धर्मको उत्कृष्टताको आधारमा नभई व्यवस्थित हिंसाको उत्कृष्ट प्रयोगद्वारा जितेको हो । पश्चिमाहरुले यो तथ्य प्रायः बिर्सन्छन; गैर–पश्चिमाहरुले कहिल्यै बिर्सदैनन्।” यो अभिव्यक्तिले अमेरिकी प्रभुत्वका ऐतिहासिक पक्षलाई अझ गहिरो रुपमा बुझ्न मद्दत गर्दछ ।

हन्टिङ्टनको यो भनाइले आधुनिक विश्व इतिहासमा पश्चिमी प्रभुत्व कुनै सांस्कृतिक वा नैतिक उत्कृष्टतामा आधारित नभई, सैन्य प्रविधि, रणनीति, र राज्य संगठनको दक्षतामा आधारित भएको देखाउँछ । यस क्षमताका कारण युरोपेली शक्तिहरूले विशाल भूभाग उपनिवेश बनाउँदै प्रतिद्वन्द्वी राष्ट्रलाई उछिन्ने र वैश्विक व्यापार तथा स्रोतसाधनहरूको नियन्त्रण गर्न सफल भए । संगठित युद्धमा प्रयोग गरिएका प्रविधिगत प्रगति, जस्तै – बन्दुक, जलसेना, र पछि हवाई शक्ति, पश्चिमी प्रभुत्व स्थापनाको महत्वपूर्ण आधार थिए ।

पश्चिमी प्रभुत्व व्यवस्थित हिंसामा आधारित रहेको तथ्यले प्रजातन्त्र र मानव अधिकारजस्ता सार्वभौम मूल्यहरू नै यसको वैश्विक प्रभावको प्रमुख आधार भएको दाबीलाई कमजोर बनाउँछ । हन्टिङ्टनको तर्कले किन नाटो, “फाइभ आइज“ गठबन्धन, संयुक्त राज्य अमेरिका, जापान, भारत र अष्ट्रेलियाबीचको चतुर्भुज सुरक्षा संवाद (क्वाड) जस्ता सैन्य गठबन्धनहरू, युक्रेन संकट, मध्यपूर्व र अफगानिस्तानमा सैन्य हस्तक्षेप, र चीनमाथिको दमनजस्ता रणनीतिहरू अमेरिकी भू–राजनीतिक रणनीतिका महत्वपूर्ण अङ्ग हुन् भन्ने व्याख्या गर्दछ ।

हालको वैश्विक व्यवस्था अमेरिकी प्रभुत्वको आर्थिक, व्यापार, र सुरक्षाजन्य क्षमताको स्थिरता कायम राख्न डिजाइन गरिएको छ । यसका साथै, सांस्कृतिक नेतृत्व, मूल्य–निर्धारण, र मान्यता प्रवद्र्धनमा समेत यसको ध्यान केन्द्रित छ । यो संरचना स्पष्ट रूपमा अमेरिकी कूटनीतिका एक प्रमुख कूटनीतिकार जर्ज केननद्वारा व्यक्त गरिएको उद्देश्यमा आधारित छ: “हामीसँग विश्व सम्पत्तिको ५० प्रतिशत छ, तर जनसंख्याको मात्र ६.३ प्रतिशत छ । … यो अवस्थामा हामी ईष्र्या र असन्तोषको लक्ष्य बन्नेछौं । हाम्रो वास्तविक कार्य आगामी अवधिमा यस्तो सम्बन्धको ढाँचा विकास गर्नु हो जसले यो असमानताको स्थिति कायम राख्न सघाउँछ । हामीले मानवअधिकार, जीवनस्तर उकास्ने, र लोकतान्त्रिकरणजस्ता अस्पष्ट र अवास्तविक उद्देश्यहरूको कुरा गर्न छोड्नुपर्छ ।”

केननको अभिव्यक्तिले शीतयुद्धको समयमा अमेरिकी विदेश नीतिको रणनीतिक उद्देश्य “साम्यवादी खतरा“ विरुद्धको वैचारिक लडाइँभन्दा बढी गरी अमेरिकी नेतृत्वमा आधारित “नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था” भित्र आर्थिक र राजनीतिक असमानताको संरक्षण गर्ने रहेको देखाउँछ । यसले अमेरिकाले आन्तरिक प्रणालीलाई सुदृढ गर्दै बाह्य साम्राज्यवादी विस्तारलाई आत्मसात् गर्ने संयन्त्रको आवश्यकतालाई औंल्याउँछ ।

पुलित्जर पुरस्कार विजेता इतिहासकार ग्रेग ग्रान्डिन सही ढङ्गले भन्छन्, “अमेरिकालाई अन्य संकटग्रस्त र वर्ग–सङ्घर्षग्रस्त देशहरूसँग तुलना गर्दा असाधारण बनाउने कुरा के हो भने, यसले लामो समयसम्म बाह्यतर्फ निरन्तर, अन्तहीन संघर्षको फाइदा उठाउन सकेको छ ।” ग्रेगको यो विश्लेषणले अमेरिकाको सैन्यवाद वा बजारमार्फत अनन्त विस्तारले आन्तरिक तनावहरू समाधान गर्न र संस्थाहरूलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको देखाउँछ ।

अमेरिकी साम्राज्यवादको यो पुरानो संयन्त्र- सैन्य, आर्थिक र वैचारिक विस्तार-को आन्तरिक स्थिरतासँगको सम्बन्ध बुझ्नाले अमेरिकी शक्ति र “अमेरिकी सपनाको” ग्लोबल पहिचानको आधार स्पष्ट पार्छ । बाह्य आर्थिक अधिशेषको सिर्जना, वैचारिक एकता, र आन्तरिक सामाजिक स्थिरताको प्रवद्र्धनमार्फत अमेरिकी साम्राज्यवादले आफैँलाई प्रेरणादायक शक्ति र विशेष राष्ट्रको रूपमा प्रस्तुत गर्न सफल भएको हो ।

तर, सन् २०१६ मा ट्रम्पवादको उदयलाई अमेरिकी साम्राज्यवादको समाप्तिको सङ्केतको रूपमा बुझ्न सकिन्छ । इराक युद्ध, अफगानिस्तान युद्ध, र वित्तीय संकटपछि, अमेरिकी साम्राज्यवादी विस्तार र हस्तक्षेपकारी विदेश नीति कमजोर हुँदै गएको थियो । अब, ब्रिक्स जस्ता उदयमान शक्ति र ग्लोबल साउथका चुनौतीहरू, युक्रेन संकट, र चीनको उदीयमान शक्तिका कारण अमेरिकी साम्राज्यको “सुरक्षा भल्भ“ थाक्दै गएको छ ।

यदि २०१६ मा डोनाल्ड ट्रम्पको विजयले अमेरिकी साम्राज्यवादी थकावट र यसको आन्तरिक राजनीतिमा असरलाई संकेत ग¥यो भने, उनको ह्वाइट हाउसमा पुनरागमनले अमेरिकी शक्ति प्रक्षेपण क्षमताको कमजोरसँग जोडिएको गहिरो संरचनात्मक संकटलाई झल्काउने हो ?

नयाँ ट्रम्प प्रशासनले अमेरिकी विदेश नीतिलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको छ, जसले महान शक्ति प्रतिस्पर्धालाई तीव्र बनाउनेछ, नवउदारवादी अर्थनीतिको प्रभावलाई कमजोर पार्नेछ र नवसंरचनावादी सैन्यवादबाट पछि हट्नेछ । यो रूपान्तरण दुई प्रतिस्पर्धी दृष्टिकोणहरू बीचको झूलद्वारा चिन्हित हुनसक्छ : एकतर्फ, अन्तर्राष्ट्रियवाद र अपवादवादको पुनरुत्थान; अर्कोतर्फ, राष्ट्रवाद र सत्तावादी प्रवृत्तिहरूको पुनरुत्थान । साथै, भनिएको छ कि ट्रम्पको नेतृत्वमा रहेको अमेरिका अन्य कुराहरूका साथसाथै यो गहिरो आलोचनात्मक पुनर्विचारको प्रतिनिधित्व गर्छ कि साम्राज्यवादी “व्यवस्थित हिंसा” मात्रले निरन्तर अमेरिकी प्रभुत्व सुनिश्चित गर्न सक्दैन ।

यस नयाँ सन्दर्भमा, युरोप र एसियाका अमेरिकी मित्रराष्ट्रहरूले एउटा परिवर्तनशील अन्तर्राष्ट्रिय आदेशका लागि तयार हुनुपर्छ, जहाँ बाह्य व्यवस्थित हिंसामा आधारित हेजेमोनिक (प्रभुत्वशाली) श्रेष्ठता अब प्रभुत्वको आधारका रूपमा कायम रहने छैन ।

चाइना डेल्लीमा प्रकाशित

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १० : ३६ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा