२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

पूर्व खेलकुद मन्त्री अथकसँग लुम्बिनी कप महिला फुटवल प्रतियोगिता बारे छलफल



नेपालगन्ज । संघीय सरकारका पूर्व खेलकुद मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराज अथक नेतृत्वको टोलीले नेपालगन्ज रङ्गशाला पुगेर लुम्बिनी कप महिला फुटवल प्रतियोगिता तयारीका बारे जानकारी लिएको छ ।

प्रतियोगिता आयोजनास्थल नेपालगन्ज रङ्गगशाला पुगेर पूर्व मन्त्री अथक नेतृत्वको टोलीले प्रतियोगिताका लागि हालसम्म भएका कार्यप्रगतिका बारेमा जानकारी लिएको हो । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ देखि २९ गतेसम्म नेपालगन्जमा हुँदै गरेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा भारतका दुई र नेपालका ६ सहित आठ टीमको सहभागिता रहने आयोजक अन्तरालले जनाएको छ ।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले सचिवालय पुगेका पूर्वमन्त्री अथकलाई अहिलेसम्म भएका तयारीका सम्बन्धमा जानकारी गराए । उनले प्रतियोगितालाई भव्यरुपमा सफल बनाउन सरकारी तथा निजी क्षेत्रवाट सहयोग हुनुपर्नेमा जोड दिए ।

तयारी बारे जानकारी लिँदै पूर्वमन्त्री अथकले सबै पक्षलाई समेटेर लैजान सकियो भने प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे । उनले आफ्नो तर्फबाट सबैखाले सहयोग रहने प्रतिबद्धता पनि जनाए ।

अनुगमन टोलीमा सहभागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्टले प्रतियोगिता संचालनका लागि आवश्यक रंगशालाको भौतिक पूर्वाधारलाई सुधार गर्न केन्द्रीय तहमै कुरा गर्ने प्रतिबद्धता जनाए ।

अनुगमन टोलीमा राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेश सदस्य जनक केसी, बाँके जिल्ला फुटबल संघका सदस्य कर्ण बस्नेत, मध्यपश्चिम खेलकुद विकास समिति लुम्बिनी प्रदेशका प्रमुख महेश चन्द, लुम्बिनी कप महिला फुटबल मिडिया संयोजक नीरज गौतमगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  २ : २६ बजे

नेकपा संयोजक प्रचण्ड भारी मतान्तरका साथ निर्वाचित

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल

दाङ-२ : रास्वपाका आचार्यलाई पछ्याउँदै एमालेका पोख्रेल

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

लमजुङमा पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा, रास्वपाका केसी नजिकै

काठमाडौं । लमजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेकपा (एमाले)का

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओलीभन्दा ९ हजारभन्दा बढी मतले अगाडि

झापा । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी