७ बैशाख २०८३, सोमबार | April 20, 2026

खेलकुदमा रहेको सिण्डिकेट तोड्ने राखेप उपाध्यक्ष आचार्यको प्रतिबद्धता



बुटवल । नव नियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले पदभार ग्रहणपछि गृहजिल्लामा गरेको स्वागत तथा बधाई कार्यक्रम गरिएको छ । नेपाल खेलकुद पत्रकार मंच रुपन्देही शाखाले शनिबार रुपन्देहीमा उपाध्यक्ष आचार्यलाई स्वागत तथा बधाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा उनले परिषदभित्र रहेका बेथिती र विकृतिलाई शुन्य बनाउने र खेलकुदको सिण्डिकेट तोड्ने प्रतिबद्धता गरे । ‘कानुनसंग जोडेर यसको चिरफार गर्ने छु ।’– उनले भने । कर्मचारी, संघका पदाधिकारीहरुसंग छोटोअवधिमा अन्तरक्रिया गरि धेरै सुझावहरु प्राप्त गरेको उनले बताए । केही ब्यक्तिहरु कार्यकारी पदलाई दुरुपयोग गरेको उनले आरोप लगाउदै संघ खारेज र दर्ताको प्रक्रियालाई सहि ढंगमा ल्याउने प्रतिवद्धता जनाए । परिषदलाई खेलाडी र खेलकुदको परिषद बनाउने उनले बताए । बोर्डले नितिगत रुपमा गरेको निर्णयलाई नकार्न नमिल्ने उनले बताए ।

एकअर्को प्रशंगमा दशौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई कानुन प्रक्रिया पुरा भएपछि गरिने उनले बताए । प्रक्रिया र समयसीमा नपुगी खेल गर्न सकिने सम्भावना नभएको उनले बताए । भौतिक संरचनाको विषयमा संघ, जिल्ला, स्थानिय सरकारको अधिकार क्षेत्रको विषयमा कार्यदल बनाएर टुगो लगाउन लागेको उनले बताए ।

राखेपमा हाल १०७८ कर्मचारीको दरबन्दी रहेकोमा ७ सय जना कार्यरत रहेको भन्दै समयसापेक्ष कर्मचारी समायोजनको कामलाई तिब्रता दिन लागेको उनले बताए । ओलम्पिक कमिटिले अदालतको आदेश नमान्ने भन्ने कुरा गलत भएको उनले बताए । राखेपको बैठकबाट खाता रोक्के निर्णय भैसकेको भन्दै उनले बोर्डको निर्णय कार्यान्वयन हुने दाबी गरे ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका निवर्तमान सदस्य सचिव तथा पौडी संघका वरिष्ठ उपाध्यक्ष जयप्रकाश भट्टराईले ओलम्पिक कमिटिको विबाद अन्त्य, खेल संघका समस्या, ऐन संशोधन गर्ने र कर्मचारी समायोजनाका बिषयमा काम अघि बढाउन सुझाव दिए । सम्पुर्ण खेलकुद संघलाई धरासायी हुने गरि राखेपका पदाधिकारी नै गतिविधि गरिरहेको उनले आरोप लगाए । अबैध संघमार्फत ओलम्पिक कमिटि गठनको गलत हुनु निन्दनीय भएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव चन्द्र आचार्य, रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप खाड, रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, नगर खेलकुद विकास समिति, तिलोत्तमाका संयोजक लोक पुन, मंचका सचिव स्वस्तिक श्रेष्ठले नेपाली खेलकुद विश्वमा उदाउदो रुपमा रहेको र यसलाई अवसरको रुपमा लिएर अघि बढाउन राखेप लाग्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेलकुदको उर्वरभुमी रुपन्देहीलाई विधागत रुपमा स्थापित गर्दै पत्रकारको क्षमता विकासमा सरोकारवाला निकायहरुसंग समन्वय गरि मंच काम गर्ने बताए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ६ : १७ बजे

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा

संसदीय समितिका सभापति र सभामुखबीच भेट

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई