१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा बढे दर्शक, भोलि नायक पल शाह आउँदै



नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को तेस्रो दिन दर्शकको ओईरो लागेको छ । नेपालगन्जको कारकाँदोस्थित सडक विभाग परिसरमा जारी महोत्सवको तेस्रो दिन शनिबार हजारौं दर्शकको उपस्थिती रहेको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

आज ‘भल्गर’ गायिकाको उपमा कमाएकी गायिका ज्योति मगरले आफ्नो प्रस्तुती दिइन् । गायिका मगरले महोत्सवमा दर्जन बढी गीत गाएकी थिइन् । उही मूलाका सिन्की…, कालो गए गोरो आउँछ…, चानचुने त…लगायतका गीत गाउँदा दर्शक दीर्घाले निकै हुटिङ गरेका थिए । गीत गाउँदा गाउँदै उनले महिला अधिकारको पनि वकालत गरिन् । महिला र पुुरुषको समान इज्जत भएको भन्दै पुरुषले धोखा दिँदा आत्महत्या गर्ने वा रुन नहुने बताइन् । उनले विवाहित महिलालाई घरमा राम्री भए पुरुषले अन्त आँखा नलगाउने तर्क गरिन् । उनले भनिन, ‘घरमा बुढालाई पनि भाँडा माझ्न लगाउनुस् । आफू चिटिक्क परेर बस्नुस् । पर्फूम घसेर बस्नुुस् । महिला व्युटिफूल भए पुरुषले अरु महिलालाई आँखा लगाउँदैनन् ।’

गजल गायक थानेश्वर गौतमले महोत्सवमा दमदार प्रस्तुती दिए । खान्न भाउजु मस्यौरा….,बेचेर सपना….,छुट्नलाई त रैछ क्यारे…..लगायतका गजल गाएका थिए । उनी स्टेजबाट तल ओर्लेर दर्शकदिर्घा र आयोजकलाई नचाएका थिए ।

हास्यव्यङ्ग्य कलाकार दमन रुपाखेतीले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्डलगायतको क्यारिकेचर गरेर हँसाए।

महोत्सव प्रचार समितिका संयोजक डम्बरबहादुर चन्दका अनुसार शनिबार निकै नै उत्साहजनक उपस्थिति रहेको बताए । साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको चौथो दिन आइतबार नायक पल शाह, लोकगायिका शान्तिश्री परियार र थारु÷आधुनिक गायिका अन्नु चौधरीको प्रस्तुती हुनेछ ।

तेस्रो दिन पनि एकल नृत्य प्रतियोगिता र विभिन्न जातीय पहिचानका सांस्कृतिक कार्यक्रम भएको थियो । महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार शुक्रबार जिल्लाका थप सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुती दिएका थिए । महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँके, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ८ : २२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू