११ पुस २०८२, शुक्रबार | December 27, 2025

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’



काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत सुरक्षामा ध्यान दिने बताएकी छन् ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज यहाँ आयोजना गरेको ‘पत्रकारितामा महिलाको सवाल र महासङ्घको भूमिका’ विषयक अन्तरक्रियामा अध्यक्ष शर्माले पत्रकारितामा आर्थिक चुनौती देखिएकाले व्यावसायिक सुरक्षामा ध्यान दिन जरुरी भएको बताइन् ।

“पत्रकारको पेसागत सुरक्षाका लागि सूचना प्रविधिको प्रयोग जरुरी छ,” अध्यक्ष शर्माले भनिन्, “अबको पत्रकारिता अधिकतम प्रविधिमैत्री गर्न क्षमता विकासको तालिम पनि जरुरी छ, त्यसका लागि महासङ्घले योजना बनाएर काम गर्नेछ ।”

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा लैजाने र पत्रकार महिलाले सञ्चालन गरेका साना–स्वरोजगारमूलक मिडियालाई दिगो रुपमा सञ्चालन गर्न सकिने उपायका बारेमा छलफल गर्ने उनले बताइन् । पत्रकार महासङ्घको इतिहासमा सम्पूर्ण पत्रकार महिलाको जित भएको र महासङ्घलाई चुस्तदुरुस्त राख्न निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष शर्माले सहयोगका लागि अपिलसमेत गरिन् ।

राससका पूर्वमहाप्रबन्धक निर्मला आचार्यले नेपालको संविधानले व्यवस्था गरेअनुसार नेपाल पत्रकार महासङ्घमा ३३ प्रतिशत महिला पत्रकारको सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाको पेसागत सुरक्षालाई ध्यानमा राखेर सूचनाप्रविधिसम्बन्धी तालिम सञ्चारिकाले दिँदै आएको जानकारी गराइन् ।

सार्वजनिक सेवा प्रसारण (पिएसवी) नेपालका निमित्त नायब महाप्रबन्धक आरती चटौतले नेपाली पत्रकारिताको इतिहासमा महिलालाई नेतृत्व गर्ने अवसर मिलेको बेलामा महिला पत्रकारको पेसागत सुरक्षा, विषयवस्तुमा दक्षता र क्षमता अभिवृद्धिका कामलाई बढी ध्यान दिनुपर्ने बताइन् ।

मिडिया एड्भोकेसी समूह (म्याग) का संस्थापक अध्यक्ष बबिता बस्नेतले पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षा, न्यूनतम पारिश्रामिक पाउनुपर्ने विषयको कार्यान्वयनमा ध्यान दिँदै सूचना प्रविधिको प्रयोगमा महासङ्घले बढी जोड दिनुपर्ने आवश्यकता औँल्याइन् ।

डब्लुडब्लुजेका अध्यक्ष रामकला खड्काले पत्रकार महासङ्घले महिला पत्रकारको क्षमता अभिवृद्धि र पेसागत सुरक्षाका लागि काम गर्नाका साथै महिला पत्रकारको अवस्थाबारे जानकारी लिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताइन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : १४ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र