५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रादेशिक महोत्सव चौथो दिन : उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा भन्दा मनोरञ्जनमा केन्द्रीत



नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव उद्यमशीलता र व्यवसाय मैत्री भन्दा सांगितिक र मनोरन्जनमय बनेको छ । महोत्सवको प्रचार टिमले संप्रेषण गरिरहेको समाचार र सूचना पनि सांस्कृतिक कार्यक्रममा मात्र सिमित भएपछि महोत्सव उद्देश्य विपरित गएको देखिएको छ ।

महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग बाणिज्य संघले हरेक दिन महोत्सवमा हुने कारोबार र उद्यमशीलताको सूचना प्रेसलाई उपलब्ध गराउने जनाएपनि महोत्सवको चौथो दिनसम्म आइपुग्दा संघबाट कलाकार र साँगितीक कार्यक्रम बाहेकको सूचना प्रेस सम्म पठाएको छैन । महोत्सवमा हुने कारोबार र उद्यमशीलता र व्यापार प्रवद्र्धनका विषयमा आयोजक समितका पदाधिकारी समेत बेखबर रहेको नेपालगन्ज उद्योग बाणिज्य संघका एक सदस्यले बताए ।

आज संघले पठाएको समाचारमा नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को चौथो दिन आइतबार नायक पल शाहको क्रेजमा दर्शकको ओइरो लागेको जनाइएको छ । कालो पहिरनमा कालो चस्मा लगाएर टिमसहित स्टेजमा उक्लेका नायक पल शाहले हजारौं दर्शकमाझ आधा दर्जन गीतमा नृत्य प्रस्तुत गरेको संघको सचिवालयबाट समाचारमा उल्लेख छ ।

आयोकका अनुसार मायालाई पानको पात…, म त ढले ढले….लगायतका चर्चित गीतमा नृत्य गर्दा युवायुवति निकै झुमेर नाचेका थिए । नायक शाहले क्रेजी दर्शकलाई आफ्नो आगामी १४ फागुनमा रिलिज हुन लागेको चलचित्र मायवीको प्रचारमा दर्शकलाई टिसर्ट उपहार दिएका थिए । क्रेजी दर्शकले मञ्चमै उक्लेर सम्मान गरेका थिए ।

आइतबार नायक शाह अघि चर्चित गायिका शान्तिश्री परियारको प्रस्तुती रहेको थियो । गायिका शान्तिश्रीले आफ्ना लोकप्रिय गीत रुकुमैकोट…, बन्दीपुरैमा…., अरेली काँडैले लगायतका आधा दर्जन बढी गीत गाएकी थिइन् । चिसो नेपालगन्जमा पारिलो घाम लागिरहेकोे बेला हरियो सारीमा ठाटिएकी शान्तिश्रीको गीतमा युवायुवती झुमेका थिए । अर्की गायिका दुःखसँगै सुख बाँडी…,दुई मुटु….,मरे भनें मरेको पल….,अलि अलि हँसाउँछ….लगायतका गीत प्रस्तुत गरेकी थिइन् ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको पाँचौ दिन सोमबार चर्चित विवादीत गायक दुर्गेश थापा, हास्यव्यङ्ग्य कलाकार तथा अभिनेता दीपकराज गिरी, दीपाश्री निरौलाको पनि प्रस्तुती हुनेछ ।

महोत्सव प्रचार समितिका संयोजक डम्बरबहादुर चन्दका अनुसार आइतबार पनि दर्शकको संख्या निकै उत्साहजनक रहेको बताए । उनले अब हरेक दिन दर्शक संख्या बढ्ने दाबी गरे ।
चौथो दिन पनि एकल नृत्य प्रतियोगिता र विभिन्न जातीय पहिचानका सांस्कृतिक कार्यक्रम भएको थियो । महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार आइतबार पनि जिल्लाका थप सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुती दिएका थिए ।

महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँके, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ९ : ४५ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत