७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देही व्यापार संघले ग¥यो वार्षिक समिक्षा



बुटवल । व्यवसायीहरुका समस्या समाधानका लागि सरकारी तहमा पहुच पु¥याउदै सामाजिक सहकार्यको माध्यमबाट समाज व्यवसायीक संस्थाहरुलाई जोडेर लैजान आग्रह गरिएको छ । आर्थिक क्षेत्रमा देखिएको मन्दी र त्यसलो पारेको असरलाई न्यूनिकरण गर्दै व्यवसायिक गतिविधि चलायमान बनाउने कार्यक्रममा जोड दिन व्यवसायीहरुले नेतृत्वलाई सुझाव दिएका छन् ।

रुपन्देही व्यापार संघले बुटवलमा आयोजना गरेको आफ्नो वार्षिक समिक्षा कार्यक्रममा व्यवसायीहरुले वर्तमान बदलिदो परिवेशमा कार्यक्रम र संस्थाका उद्देश्यहरुमा परिर्माजन गर्नु जरुरी रहेको बताउदै संस्थागत सहकार्यमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले व्यापार संघले आफ्नो स्थापनाका समयमा बोकेको लक्ष्य र उद्देश्यलाई पुरा गर्नका लागि तात्कालिन र दिर्घकालिक कार्ययोजना बनाएर अगाडी बढ्नु जरुरी भएको बताए । उनले वर्तमान कार्य समितिले आफ्नो वार्षिक समिक्षा गर्ने परिपाठीको सुरुवात गरेर व्यवसायी सदस्यहरुको सुझवा लिएकोमा धन्यवाद दिदै संस्थाको हित विरुद्ध जाने छुट कसैलाई नभएको धारणा व्यक्त गरे ।

कार्यक्रममा संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले आफु निर्वाचित भएर आएपछि गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराउदै आगामी दिनमा व्यवसायीहरुको हकहित र संस्थागत विकासका लागि नया ढंगले अगाडी बढ्ने प्रतिवद्धा व्यक्त गरेका थिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु शंकरप्रसाद भट्टराई, पदम प्रसाद श्रेष्ठ, श्रीकृष्ण पोखरेल, कृष्णप्रसाद घिमिरे, सल्लाहाकार परिषदका संयोजक तेजप्रसाद सुनार, माधव नेपाल, जोगलाल विक लगायत बोलेका थिए ।

कार्यक्रम संघका अध्यक्ष दिपक प्रसाद अधिकारीको अध्यक्षता, महासचिव फर्सुराम पन्थको सञ्चानल तथा वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको स्वागतमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : ४४ बजे

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद

नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव