७ आश्विन २०८३, बुधबार | September 23, 2026

राजनीतिक अस्थिरताले अर्थतन्त्र जोखिममा, दिगो कार्ययोजनाको आग्रह



बुटवल । आगामी दिनमा मुलुकको आर्थिक क्षेत्र थप संकटमा पर्न सक्ने चेतावनी दिँदै व्यवसायी तथा सरोकारवाला पक्षले समस्याको सही पहिचान गरी दिगो र प्रभावकारी कार्ययोजना बनाउन आग्रह गरेका छन् । जेनजी आन्दोलनपछि देशमा देखिएको अस्थिरता र त्यसले अर्थतन्त्रमा पारेको प्रत्यक्ष प्रभावलाई उदाहरण दिंदै उनीहरूले राजनीति, निजी क्षेत्र र राज्य संयन्त्र सबैले आत्मसमिक्षा गर्दै सामूहिक रुपमा समाधानतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औंल्याए ।

रुपन्देही व्यापार संघको २४ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनको उद्घाटन सत्रमा बोल्ने बक्ताहरूले हालको राजनीतिक परिवेशले सबैलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको टिप्पणी गरे । गलत राजनीतिक अभ्यास, कमजोर नीति, नेतृत्वगत कमजोरी र सरकार तथा जनताको अपेक्षाबीच असन्तुलनले आर्थिक क्षेत्रमा ठूलो चुनौती पैदा भएको उनीहरूको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले आर्थिक विकासको मेरुदण्ड नै राजनीतिक स्थिरता भएको र स्थिर राजनीतिक वातावरणबिना मुलुकले गतिशील विकास गर्न नसक्ने बताए । उनले राजनीतिक दल तथा तिनका नेतृत्वले केही नगरेको भन्ने धारणा भ्रमपूर्ण भएको दाबी गर्दै जनताको चाहाना अनुसार भएका कामलाई बेवास्ता गर्नु अन्याय भएको बताए । अस्थिर राजनीतिक परिस्थितिलाई कुनै एक दल वा नेतालाई मात्र दोष दिने प्रवृत्तिलाई छोडेर सबै मिलेर समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले पुरानो राजनीतिक संस्कार र नेतृत्व शैलीले समाज परिवर्तनको गतिलाई अवरुद्ध गरेको आरोप लगाए । उद्योग-व्यवसायीमा बढ्दो निराशा चिर्न दलहरूले समयानुकूल मानसिकता र कार्यशैली परिवर्तन गर्नुपर्ने उनले बताए । खुला सिमानाका कारण हुने अवैध कारोबारले स्थानीय उद्योगी-व्यवसायी थप मारमा परेको भन्दै उनले नियन्त्रणका लागि राज्य संयन्त्रलाई कडाइ अपनाउन आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नगरलाई व्यवसायमैत्री बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीसँग संयुक्त गस्ती, सिमानाक्षेत्रमा नयाँ गोदाम दर्ता रोक्का लगायतका कदम चालिएको जानकारी दिए ।

संघका अध्यक्ष दीपक प्रसाद अधिकारीले अस्थिर राजनीतिक वातावरणका कारण व्यवसायीमा थप निराशा पैदा भएको र स्वदेशी तथा विदेशी लगानी घट्दै गएर मुलुकको आर्थिक आधार कमजोर बन्दै गएको बताए । निजी क्षेत्रको मनोबल उच्च रहँदा मात्र रोजगार, राजस्व र समग्र विकासमा टेवा पुग्ने भन्दै उनले राजनीतिक दल, राज्यका अंग, निजी क्षेत्र र सामाजिक सङ्गठनबीच घनिष्ठ सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघको इतिहास स्मरण गर्दै व्यवसायीको हितविपरीत कुनै गतिविधि हुन नदिन सबै एकताबद्ध हुनुपर्ने बताए । कार्यक्रमले उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारी र उपसमितिलाई सम्मानसमेत प्रदान गरियो ।

संघको १३ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले मंसिर ५ गते मतदान हुनेछ । निर्वाचन समितिले शुक्रबार मतदाता नामावली प्रकाशित गरेको र मंसिर १ गते उम्मेदवारी दर्ताको समय तोकेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ८ : ०५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई