२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

आगजनी भएका दुई सरकारी कार्यालयलाई रुपन्देही व्यापार संघबाट २ लाखको सामान निशुल्क प्रदान



बुटवल । रुपन्देही व्यापार संघले भदौं २३ र २४ गतेको जेनजीको आन्दोलनका क्रममा आगजनी भएका दुई सरकारी कार्यालयलाई दैनिक काम सञ्चालनका लागि आवश्यक विद्युतिय सामानहरु निशुल्क प्रदान गरेको छ ।

संघको कार्यालयमा आइतवार आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा इलाका प्रशासन कार्यालय, बुटवल र सरकारी वकिलको कार्यालय, बुटवललाई करिव २ लाख मुल्य बराबरका २ थान कम्पयूटर, प्रिन्टर तथा स्क्यानरहरु प्रदान गरिएको कार्यलय प्रमुख सरोज पाखेरेलले बताए ।

कार्यक्रममा संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले इलाका प्रशासन कार्यालयका प्रमुख रामचन्द्र अर्याल र सरकारी वकिल कार्यालय, बुटवलका कम्प्यूटर अपरेटर बुद्धि पराजुलीलाई ति सामाग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै इलाका प्रशासन कार्यालय, बुटवलका प्रमुख रामचन्द्र अर्यालले आगजनीबाट ध्वस्त कार्यालयबाट सेवा प्रदान गर्न गरिएको सहयोगप्रति आभार प्रकट गर्दै जनतालाई दिने सेवा जति सक्दो चाडो प्रदान गर्न आफुहरु लागि परेको बताए ।

उनले कार्यालयमा गरिएको आगजनी र त्यसबाट भएको क्षतिको अवस्थाले करिव ३ महिनासम्म पनि सहजै सेवा दिन सक्ने अवस्था छैन तर सबैको सहयोगबाट जनताको सेवा सुचारु गर्ने योजना बनाएको जानकारी गराएका थिए । उनले वर्तमान असहज अवस्थामा व्यवसायिक संघसंस्थाहरुले पनि आफ्ना सदस्य व्यवसायीहरुलाई इमानदारिताका लागि सेवा प्रदान गर्न आग्रह गरेका थिए ।

रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेलले मुलुकले अकल्पनिय क्षति व्यहोरोको वर्तमान अवस्थामा सबैले सहयोगिको भावना राखेर काम गर्नु पर्ने बताउनु हुदै जेनजीका नाममा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको परिपूर्ति हुन धेरै समय लाग्ने धारणा राखे ।

सरकारी वकिल कार्यालय, बुटवलका कम्प्यूटर अपरेटर बुद्धि पराजुलीले आन्दोलनका नाममा भएको अवाञ्छीत कार्यले राष्ट्रलाई ठूलो नोक्शानी भएको अवस्थामा सहयोगीका हातहरुले कार्यालय चलाउनु परेको सुनाए ।

कार्यक्रम संघका अध्यक्ष दिपक प्रसाद अधिकारीको अध्यक्ष्ता तथा महासचिव फर्सुराम पन्थको सञ्चालनमा भएको थियो । जेनजीको आन्दोलनका क्रममा रुपन्देहीमा करिव ३ दर्जन सरकारी कार्यालयहरुमा तोडफाड तथा आगजनी भएको छ । आगजनीबाट ति कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु बन्द भएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ५५ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि