५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रादेशिक महोत्सव पाँचौं दिन : दीपक र दीपाले नचाए दर्शकलाई



नेपालगन्ज । प्रादेशिक महोत्सव २०८१ को पाँचौ दिनमा चर्चित हाँस्य जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले दर्शक नचाएका छन् । आजको सांगितिक कार्यक्रममा रामबिलास र धनिया बनेर स्टेजमा उक्लेका दीपक र दीपाले दाहेरी पनि खेले । कार्यक्रममा निर्देशक तथा हास्यव्यङ्ग्य कलाकार दीपाश्री निरौलाले देउडा गीतबाट दीपकसँग दोहोरी खेलेकी थिइन् । छक्कापञ्जामा राजा पात्र बनेर खस भाषामा चर्चित दीपकराजले पनि देउडाबाट दीपालाई जवाफ फकाएका थिए ।

आजै गायक दुर्गेश थापाले मञ्चमा आफू नाचे र दर्शकलाई पनि खुबै नचाए । कता हिँडेको बैनी हट बनेर….पट भएर….ब्युटी भएर….भन्दै गायक दुर्गेग थापा रातो ज्याकेट, कालो चस्मा र कालो मास्क लगाएर बडो फुर्तिलो साथ स्टेजमा देखिए । पछिल्लो समयको युटयुब टेन्डिङ गीत दुस्मन हेरेको हे¥यैबाट स्टेज उक्लेका दुर्गेश थापाको क्रेजमा चौरमा युवायुवती निकै झुमेका थिए । गीत गाउँदा गाउँदै उनले सुरुमा मास्क र पछि ज्याकेट पनि फुकाले । दर्शकबाट वान्स मोर भनेपछि यही एउटा गीत उनले तीन पल्ट गाएर दर्शकलाई नचाएका थिए । उनले क्षेत्रीको छोरो हिरो छ…,हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा….लगाएका गीतहरु पनि उत्तिकै उर्जाका साथ गाएका थिए ।

सोमबार गायिका इब्सल सन्ज्यालले पनि झुम्के गुलाबी…, माथि रानी वन….लगायतका गीत गाउँदै आफू नेपालगन्जकै चेली भएको भन्दै आत्मियता दर्शाएकी थिइन् । अर्का गायक अर्जुन सापकोटाले बस्यो अलक्कै…, वनकी चरी….लगायतका गीत गाएका थिए । उनी मञ्चदेखि तल झरेर दर्शकसँग हातमिलाउँदा दर्शक रमाएका थिए ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको छैठौं दिन मंगलबार चर्चित गायिका एलिना चौहान, लोकदोहोरी गायक कमल विसी माल्दाइ, थारु गायक राज कुस्मी र डान्सर रुविना अधिकारीको प्रस्तुती रहने कार्यक्रम रहको छ ।

पाँचौ दिन पनि एकल नृत्य प्रतियोगिता र विभिन्न जातीय पहिचानका सांस्कृतिक कार्यक्रम भएको थियो । महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार सोमबार पनि जिल्लाका थप सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुती दिएका थिए ।

महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँके, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ८ : ३७ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत