१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मञ्चबाटै एलिनाले भनिन् कट्टा हान्दिन्छु



नेपालगन्ज । प्रादेशिक महोत्सव २०८१ को छैटौं दिन मंगलबार गायिका एलिना चौहान लगायतका कलाकारहरुले प्रस्तुती दिएका छन् । आजको कार्यक्रममा गायिका चौहानसहित गायक कमल बिसी माल्दाइ, डान्सर तथा मोडल रुबिना अधिकारी, गायक राज कुश्मी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

सुरुमा गायक कमल बिसी माल्दाइ डोरी बाटेर गीत गाउँदै स्टेज उक्लिएका थिए। उनले झन्डै आधा दर्जन गीतहरू गाएर दर्शकहरुलाई नचाएका थिए । कमलको प्रस्तुति सकिएपछि डान्सर रुविना अधिकारीले पनि आधा दर्जन गीतमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । त्यस्तै, मंगलबारको हट केक मानिएकी गायिका एलिना चौहानको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । उनले ‘यो भाग्यमा खोट छ…., धोकेबाज….., कट्टा हान्दिन्छु……, मिनरल वाटर……लगायतका लोकप्रिय गीत गाउँदा दर्शकहरुले पनि सँगै गाएर नाच्दै साथ दिएका थिए ।

राष्ट्रिय कलाकारहरुको रुपमा अन्तिम प्रस्तुति चाहिँ चर्चित थारु गायक राज कुश्मी स्टेज उक्लिएका थिए । उनले पनि आफ्ना चर्चित गीतहरू गाएर मनोरञ्जन प्रदान गरेका थिए । उनले झन्डै डेढ घण्टा आफ्नो प्रस्तुति दिएका थिए ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार सातौं दिन भोलि बुधबार लोकप्रिय गायक बद्री पंगेनी, गायक चक्र बम, गायिका भूमिमा गिरी र डान्सर आरुषी मगरले महोत्सवमा प्रस्तुति दिनेछन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ८ : ३३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा