२० भदौ २०८३, शनिबार | September 5, 2026

गीतकार शाहलाई ‘बिजुलीमाया वनः श्रेष्ठ’ पुरस्कार



काठमाडौं । यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ ।

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले मङ्गलबार साँझ हेटौँडामा एक कार्यक्रम आयोजना गरी नेपाली गीतसङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै शाहलाई नगद रु एक लाख राशिसहित १६ औँ संस्करणको पुरस्कार प्रदान गरेको हो । शाहलाई समर्पण तथा साङ्गीतिक समारोहका प्रमुख अतिथि साहित्यकार नगेन्द्र थापा तथा पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन् ।

शाहले पाँच दशकदेखि निरन्तर आधुनिक गीत, सङ्गीत र चलचित्रका क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । नेपाली गीत सङ्गीतको क्षेत्रमा स्वदेश तथा विदेशमा महत्वपूर्ण योगदान गर्दै आएका कलाकार तथा सर्जकहरूको साधनाको उच्च कदर गर्दै व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गरेका थिए ।

यसअघि उक्त पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की दावा ग्याल्मो, दीपक जङ्गम, किरण प्रधान, राजेन्द्र थापा सम्मानित भइसकेका छन् ।

चलचित्र निर्माण, निर्देशन एवं अभिनयमा समर्पित शाहले विसं २०३२ देखिको निरन्तर नेपाली गीत लेखनको यात्रामा लाग्दै आएका छन् । शाहद्वारा लिखित ‘पर्खी बसे आउँला भन्नी’, ‘बाँदल बनाइदेऊ’, ‘गहिराइमा डुब्दै नडुब’लगायत कालजयी गीतहरू चर्चित छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १ : २२ बजे

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये