१६ चैत्र २०८२, सोमबार | March 30, 2026

चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय



काठमाडौं । समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने भएको छ ।

बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको केन्द्रीय संयोजन समितिको दशौं बैठकले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।

२०४६ साल चैत २४ गते संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको आह्वानमा भएको प्रदर्शनमा पञ्चायती व्यवस्था विरुद्ध काठमाडौंमा लाखौं मानिसहरु सहभागी भएका थिए । मोर्चाले पहिलो जनआन्दोलनको चरमोत्कर्ष पुगेको दिन चैत २४ लाई स्मरण गर्दै प्रदर्शन गर्ने निर्णय गरेको हो । यसअघि चैत पहिलो साता मधेशमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको छ ।

मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय गरेको पनि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । यस्तै देशभर मोर्चा गठन गर्ने निर्णय समेत भएको छ ।

मोर्चामा राष्ट्रिय जनमोर्चा लगायत अन्य राजनीतिक दलहरुलाई भित्र्याउन पनि छलफल अघि बढाउने निर्णय भएको छ । बैठकले वर्तमान सरकार गणतन्त्रविरोधी देखिएको समेत निष्कर्ष निकालेको छ ।

 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : १५ बजे

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष