९ कार्तिक २०८३, सोमबार | October 27, 2026

राजावादी आन्दोलनमा देखिएको अराजकता प्रति समाजवादी मोर्चाको निन्दा र भर्त्सना



काठमाडौं । समाजवादी मोर्चाका शिर्श नेताहरुले मोर्चाको विशाल जनप्रदर्शन र सहभागिताबाट अत्तालिएका पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरुले अराजकता सृजना गरेको जनाएका छन् । मोर्चाका शिर्श नेताहरुले आज साँझ विज्ञप्ति प्रकाशित गर्दै उच्छृङ्खल र अराजक कार्यको मोर्चाको तर्फबाट घोर भर्त्सना एंव निन्दा गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा महासचिव विस्लव सी, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेसपाका अध्यक्ष महेन्द्र राष् यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा उच्छृङ्खल प्रतिगामी तत्वहरुले अराजकता सृजना गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को केन्द्रीय तथा काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष कमरेड माधवकुमार नेपालका भाई सरोज नेपालको निजी निवास लगायतमा तोडभोड र आगजनी गर्न पुगेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा निजी, सार्वजनिक सम्पति र कान्तिपुर एंव अन्नपूर्ण पोष्ट लगायतका सञ्चार गृहमा समेत तोडफोड तथा आगजनी गगरिएको जनाउँदै यस कार्यमा संलग्न अपराधिक र आततायी तत्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ । नेताहरुले राजनीतिक दलको कार्यलय र नागरिकको जनधनको सुरक्षा गर्न हामी सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १० : ४९ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता