१३ बैशाख २०८३, आइतबार | April 27, 2026

विविध चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छ : सभामुख



काठमाडौं । सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताएका छन । सोनामल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले ल्होसारजस्ता पर्वहरूले नेपाली समुदायबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको उल्लेख गरेका छन ।

तामाङ समुदायको महत्वपूूर्ण पर्व सोनामल्होसार नयाँ वर्षको सुरुआतसँगै हर्षोल्लासपूर्वक मनाइन्छ । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने सभामुख घिमिरेको भनाइ छ । “सोनामल्होसार तामाङ समुदायको मौलिक पर्व हो । डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकारहरूका साथ यो पर्व सांस्कृतिक जीवन्तताको अद्वितीय उदाहरण बनेको छ”, उनले उल्लेख गरेका छन ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ६ : ४७ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र