८ चैत्र २०८२, आइतबार | March 22, 2026

संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि



काठमाडौं । टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश ९बागमती० लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। योसँगै खेल टाइब्रेकरमा पुगेको हो।

टाइब्रेकरमा संकटाले ४–३ ले बाजी मार्‍यो। उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पार्‍यो। बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो। संकटाका राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले रोके। तर, लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे।

बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके। कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीप कार्कीले रोके। रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  १० : ३० बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को