१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

प्रधानमन्त्रीको वरिपरिका मानिस भ्रष्टाचारमा संलग्न छन् : राजेन्द्र लिङ्देन



काठमाडौं ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा लागिरहेको बताएका छन्।

शुक्रबार सुरू भएको प्रतिनिधिसभाको पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले प्रधानमन्त्री सूचनाबाट विमुख रहेको बताए।

विपक्षी दलहरूको प्रतिनिधित्व गर्दै उनले सम्बोधनमा भने, ‘तपाईंले भ्रष्टाचार गर्नुभएको छ कि छैन मलाई त्यो थाहा छैन, तर तपाईंको रिपरिका मानिसहरूले भ्रष्टाचार गरिरहेका छन्, भ्रष्टाचार चरम रुपमा छ।’

लिङ्देनले प्रधानमन्त्रीको वरिपरिका मानिसहरू भ्रष्टाचार र उठ्ती-पुठ्तीमा संलग्न रहेको बताए। उनले निर्माण व्यवसायीलाई सरकारले दिने भुक्तानीमा समेत रकम उठाइरहेको बताए।

लिङ्देनले प्रधानमन्त्री अन्तर्गतको राजश्व अनुसन्धान विभागले व्यापारीलाई सताएर पैसा उठाइरहेको बताए।

‘कुनै अरू नेतालाई नभन्नु है दुस्ख पाइएला, व्यापारीलाई सताएर पैसा उठाएको कुरा सबैलाई थाहा छ,’ उनले भने, ‘अहिले कुन व्यापारीको फर्ममा छापा मार्‍यो भने बिल नमिलेको सामान छैन होला।’

बोर्डरबाट तस्करीको सामान छोडिने र नेपालपट्टी आएपछि छापा मारेर अनि सल्लाह गर्न आउ भन्ने अहिले पनि भइरहेको लिङ्देनले बताए।

‘प्रधानमन्त्रीका मान्छे ६ महिने कार्यकालमा विभिन्न पदहरूमा करोड(करोड अफर गरिरहेका छन्। प्रधानमन्त्रीको वरिपरिकाले गरिरहेका छन,’ उनले भने।

उनले मुलुकमा सरकार भएको अनुभूति नै नभएको बताए। उनले निराश जनलाई आशा जगाउन, रोजगारी सिर्जनाका निम्ति सरकारले के गर्‍योरु भन्दै प्रश्न गरे।

‘देशमा विदेशी मुद्रा सञ्चिति व्यापाक छ, भाइ छोरा बेचेर आएको पैसा होइन त्योरु,’ उनले भने, ‘त्यसरी आएको पैसा पनि खर्च गर्न सकेको छैन भनुम् न। कांग्रेस(एमाले ठूला पार्टीले बनाएको सरकार सुध्रियोस्।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ४ : ०४ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले