२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

गोरखा युनाईटेड पब्लिक स्कुलले कोहलपुरमा बृहत योग तथा ध्यान शिविर संचालन गर्ने



कोहलपुर । पश्चिम नेपालमै शिक्षा क्षेत्रमा ख्याती कमाएको कोहलपुरको गोरखा युनाईटेड पब्लिक स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत योग तथा ध्यान शिविर संचालन गर्ने भएको छ । आज स्कुलले पत्रकार सम्मेलन गर्दै समाजलाई सकारात्मक दिशातर्फ लैजान सानो प्रयास स्वरुप योग तथा ध्यान शिवीर संचालन गर्न लागिएको गोरखा स्कुलले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक तथा सञ्चालक केशर वहादुर आले मगरले संस्कार र संस्कृति संरक्षणकालागि गरिने शिविरमा कोहलपुरमै पहिलोपल्ट योग गुरु डा. योगी विकाशानन्दको सानिध्यता रहने जानकारी दिए ।

उनले करिव २ हजार जनाको सहभागिता रहने शिविरमा सहभागिता जनाउने महानुभावहरुलाई विद्यालयले दिवा खाना र खाजाको समेत ब्यबस्थापन गर्ने बताए । शिविरमा खालि पेट आउन योगीले दिएको सुझाव अनुरुप आफनो विद्यालय प्रांगणमा आउने अतिथीहरुलाई खाना खाजाको ब्यबस्था गरिने उनले बताए ।

आलेका अनुसार विद्यालयको खेल मैदानलाई व्यवस्थित गरि गरिने योग तथा ध्यान शिविरमा योगी डा. विकाशानन्दले जीवनशैलि ब्यबस्थापन, तनाव ब्यबस्थापन एवं बिभिन्न सांस्कृतिक विचलनका वारे प्रवचन समेत दिने कार्यक्रम रहेको छ । योग र ध्यानवाट संस्कार र संस्कृतिको समेत संरक्षण गर्न सकिने विश्वास ब्यक्त गर्दै संस्थापक संचालक आलेले योगले गर्दा मानव जिवनमा आईपर्ने सवै स्वास्थ्य समस्याहरुलाई निवारण गर्न ठुलो भुमिका खेल्ने बताए ।

सामाजिक सञ्जाल, मोवाईल जस्ता आधुनिक सामाग्रीहरुले मानवलाई आफनो अनुकुल कैद गरेकाले पनि समाज बिभिन्न अपराधिक कार्यमा लाग्ने गरेको उल्लेख गर्दै उनले समाज परिवर्तन गर्न अत्याबश्यक महशुस गरि शिक्षाका अलावा सामाजिक कार्यमा विद्यालयले कार्यक्रमको आयोजना गरेको जनाए ।

माघ २२ र २३ गते २ दिन सम्म चल्ने शिविरमा सर्वसाधारणलाई समेत सहभागिताकालागि आव्हान गरिएको उनले जानकारी दिए । आलेका अनुसार योग तथा ध्यान शिविरमा बाँकेमा उपलब्ध प्रतिनिधि तथा प्रदेशसभाका सांसदहरु, उच्च अदालतका न्यायाधीशहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, स्थानीय सरकारका सरकार प्रमुखहरु, सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरु, संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुका साथै सर्वसाधारणहरुको समेत उपस्थिती रहने निश्चित भएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ४ : ३३ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक