२४ मंसिर २०८२, बुधबार | December 10, 2025

त्रिकोणात्मक महिला टी-२० सिरिज : आज नेपालले थाइल्याण्डसँग खेल्दै



काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक महिला टी-२० आई सिरिज सिरिजअन्तर्गत आज नेपालले दोस्रो खेलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्न १२;१५ देखि सुरु हुने प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुने छ भने थाइल्याण्ड लगातार दोस्रो जितको प्रयासमा हुने छ ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने शुक्रबार भएको खेलमा थाइल्याण्डले नेदरल्याण्डलाई पराजित गरेको थियो । महिला टी-२० आई वरियतामा नेपाल २० औं स्थानमा छ भने थाइल्याण्ड १३ औँ स्थानमा रहेको छ । यसैगरी नेदरल्याण्ड्स १६ औं स्थानमा रहेको छ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपाली महिला टोली : इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ७ : २९ बजे

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय