२१ बैशाख २०८३, सोमबार | May 5, 2026

धरानको पानीको समस्या तमोर नदीले गर्छ : पूर्वराष्ट्रपति भण्डारी



धरान। धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनु पर्ने पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले सुझाएकी छिन्।

धरानमा नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुने बताएकी हुन्।

पानी पिउनको लागि शुद्ध तमोरको टनेलको माध्यमबाट ल्याउन सके सुनसरी, मोरङ र झापा गरि तीन जिल्लालाई पिउनसँगै र सिंचाइ गर्न लागि समेत पुग्ने उनको भनाई थियो ।

धरानदेखि करिब चार किलो मिटरको टनेलबाट पानी ल्याउन सकिने सम्भाव्यता अध्ययन भइसकेको र त्यसको लागि धरानका स्थानीय सरकारले पहल गर्नुपर्ने उनले बताईन।

प्रदेश सरकारले धरान-मुलघाट सुरूङ मार्ग सम्भव्यता अध्ययनका लागि बजेटसमेत विनियोजन गरेको थियो ।

धरानमा खानेपानीको कमी हुँदै आएको छ । पानीको बहस भइरहेका वेला पूर्व राष्ट्रपति भण्डारीले यस्तो उपाय दिएकी हुन्।

भण्डारी केही दिनदेखि पूर्वका विभिन्न कार्यक्रममा सहभागी जनाउदै आईरहेकी छिन्।

कार्यक्रममा सहभागितासँगै एमाले पार्टी नेता तथा कार्यकर्ताहरूलाई भेट्दै हिडिरहेकी छिन्। साथै, उनले सक्रिय राजनीतिमा फर्कने संकेतसमेत गरेकी छिन्।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १ : १६ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,