१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार पर्यटन : मुख्यमन्त्री आचार्य



गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् । मदाने गाउँपालिका वडा नं. ६ गुल्मीमा रहेको कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयोजनाको स्थलगत निरिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई शनिबार सम्वोधन गर्दैै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने आधारको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

उनले कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयोजना समग्र तीन जिल्लाको भाग्य भविस्य निर्धारण गर्ने महत्त्वपूर्ण हुने चर्चा गरे । आयोजनालाइ तीन तहका सरकारले साझा योजनाको रुपमा अघि बढाउनुपर्ने आवश्यकता उनले औंल्याए ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन सर्किट निर्माण गर्ने योजना प्रदेश सरकारले अघि सार्दै आएको पनि उनले जानकारी दिए ।

प्रदेशभित्रका प्रमुख धार्मिक स्थल, पुरातात्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरुलाई आसपमा जोडेर आकर्षक सर्किट निर्माण गरिने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरे। ‘हाम्रो प्रदेश मिनी नेपालको रुपमा परिचित छ । यहाँ हिमाल, पहाड, तराईको विविधतायुक्त भुगोल छ । पुरातात्त्विक सम्पदाहरुको संरक्षण गरेर पर्यटकहरुलाई भित्र्याउने मुख्य संकल्प छ,’ उनले भने,–‘समृद्ध लुम्बिनी प्रदेशको आधारको रुपमा पर्यटन क्षेत्रलाई लिएका छौं । यसबाट स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउन सक्ने प्रसस्त आधारहरु छन् ।ु

पर्यटन पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको, सरकारका विभिन्न निकाय, निजी क्षेत्र, स्थानीय समुदायसंग सहकार्य गरेर अघि बढ्ने उनको धारणा छ । ‘हामि पर्यटनलाई समृद्धिको मेरुदण्डका रुपमा विकास गर्न चाहन्छौं । यसकालागि आवश्यक पूर्वाधार निर्माण, सेवा प्रवाह सुधार र समग्र पर्यटन प्रवद्र्धनमा जोड दिएका छौं,’ उनले भने, ‘पर्यटनको क्षेत्रबाट स्थानीय स्तरमा प्रसस्त रोजगारीको अवसर सृजना गर्न सकिन्छ । कतिपय भइरहेको पनि छ ।’ प्रदेश सरकारले दिगो पर्यटन प्रवद्र्धनमा ध्यान दिदै नीतिगत सुधार लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यले बताए ।

मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य थापा, पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्री, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, ईश्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्कालगायतको उपस्थिती थियो । अन्तरक्रिया तथा बैठकले कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयोजनालाइ साझेदारी रुपमा अघि बढाउने निचोड निकालेको छ ।

कङ्के देउराली कस्तो आयोजना हो ?

कङ्के देउराली, जलसाय र बृहत्तर खानेपानी आयोजना नेपालकै राष्ट्रिय गौरवको महत्वपूर्ण र नमुना परियोजना हो । जसले स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरको विकासमा ठूलो योदान पुर्‍याउने छ । यो आयोजनाको आर्थिक र पर्यटकीय दृष्टिबाट महत्वपूर्ण छ । जसले मदानेको मात्रै नभएर छिमेकी जिल्लाहरु प्यूठान, अर्घाखाँची र वागलुङ्गलाई मात्रै नभई लुम्बिनी प्रदेश र समग्र नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नेछ । यो आयोजनाले सिंचाई र कृषि उत्पादन बढाउन, पानी आपूर्ती र जनस्वास्थ्य सुधारमा, स्थानीय रोजगारी र व्यापार प्रबर्द्धनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

कङ्के देउराली पर्यटन क्षेत्रको अवलोकन गरिसकेपछी पुर्कोटको कोट, अरविन्द आश्रमको अवलोकनगरी ढोरपाटन क्षेत्रको अवलोकन तथा शिकार आरक्षमा सिकार गर्ने बनाउने / कङ्के देउराली गौमुखी हुदै स्वर्गव्दारी यात्रामा सरिक गराउने / कङ्के देउराली पर्यटन क्षेत्रको अवलोकन गरिसकेपछी पुर्कोटको कोट अवलोकन गराई टोप्रेको गुफा गौमुखीको दर्शन गराई स्वर्गद्वारी आश्रममा पुर्‍याउने / कङ्के देउराली धुर्कोट रेसुंगा हुदै रुरु क्षेत्रको यात्रामा सरिक गराउने / कङ्के देउराली पर्यटन क्षेत्रको अवलोकन गरिसकेपछी ऐतिहासिक धुर्कोटको कोट र विचित्र गुफाको अवलोकन गराईसकेपछी रेसुंगा तपोभूमि श्रृग्रेश्वर र रुरु क्षेत्रको यात्रामा सरिक गराउने योजना रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ४ : ३९ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी