१ पुस २०८२, मंगलबार | December 16, 2025

स्वदेशी कच्चा पदार्थ उपयोग गर्न पाउनुपर्ने फर्निचर व्यवसायीको माग



बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसाय महासंघ प्रदेश समन्वय लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । व्यवसायिक एकता, व्यवसायिक सफलता नारासहित स्थापना भएको महासंघको एक समारोहका बिच महासंघ केन्द्रीय अध्यक्ष युवराज पौडेलले औपचारिक रुपमा उद्घाटन गर्दै प्रदेश समन्वय गठनबारे प्रकाश पारे ।

संघीय सरकारको प्रावधान अनुसार नै प्रदेश गठन गरि क्रियाशिल बनाउने गरि अघि बढेको उनले बताए । महासंघको विधान अनुसार प्रदेश संरचना गठन भएको उनले बताए । फर्निचर व्यवसायीहरुले काठ किन्न नपाउने, फर्निचर ब्यवसायीहरुले टेण्डर राख्न पाउन ब्यवस्था चिर्न धेरै लडाई लडेको उनले बताए ।

वन नियम संशोधन गर्न धेरै कठिनाई भयो । उनले भने, अब बढिभन्दा बढि सरकारलाई दबाब सृजना गर्नुपर्ने उनले बताए । विभिन्न संरचनामा पुगेर समस्या पहिचान गरि बुदागत रुपमा माग तयार गर्न लागेको उनले बताए । बागमती प्रदेश सरकारले स्वदेश काठजन्य उत्पादन प्रयोगलाई जोड दिएर कानुन निर्माण गरेको उदाहरण दिदै अन्य प्रदेशसमेत यसलाई अनुसरण गर्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा पारिवारिक निजि वन महासंघ रुपन्देहीका अध्यक्ष तथा संघका पुर्व अध्यक्ष बिष्णु कुमार श्रेष्ठले एउटा संस्थागत विकासको उदेश्यका साथ स्थापना हुने व्यवसायिक संस्थाहरु काम गर्न नसक्दा व्यवसायीहरु पिडित बन्नुपरेको बताए । पारिवारिक निजि बनबाट ८० प्रतिशत काठजन्य उत्पादन बितरण गर्न सफल भैरहेको भन्दै उनले फर्निचर व्यवसायीहरु अनिवार्य रुपमा लाग्नुपर्ने बताए । नया औधोगिक क्षेत्र निर्माण हुन नसक्दा उद्योगीहरु पिडामा रहेको उनले बताए । दक्ष जनशक्तिको अभाव बजारमा छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले फिरन्ते व्यवसायी मुख्य चुनौति रहेको स्पष्ट देखिँदा समेत समाधानमा सरकारको ध्यान जान नसकेको दुखेसो गरे । उपभोक्तासंग जोडिएको विषयलाई निरन्तर लाग्न सुझाव दिए ।

कार्यक्रममा अर्घाखाँची फर्निचर व्यवसायी संघका अध्यक्ष बसन्तराज भुषालले फर्निचर ब्यवसायीहरुको हकहितमा संस्थाबाट पहल जरुरी रहेको बताए । उत्पादन, ढुवानीदेखि बजारीकरणसम्मको समस्याहरु समाधान हुनेमा आशा ब्यक्त गरे ।

कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष सुरेन्द्र ज्ञवालीले प्रगती विवरण पेश गर्दै फर्निचर र फर्निसिङ संघको पक्षमा गरेका अभियान प्रकाश पारे । सरकारलाई स्वदेशी काठको उपयोग बढाउने गरि नीति ल्याउन आवश्यक पहल कदमि अघि बढाएपनि सकेजस्तो उपलब्धि हासिल नभएको उनले बताए । प्रत्येक प्रदेशमा फर्निचर ग्राम निर्माणको पहल जरुरी रहेको उनले बताए ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र प्रसाद पाठक, महासंघका केन्द्रीय उपाध्यक्ष ओम बस्नेत, महासंघका पुर्व संस्थापक उपाध्यक्ष सुर्य शर्मा सुवेदी, उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष विष्णु पाण्डे, रुपन्देही उद्योग संघका उपाध्यक्ष हरि बहादुर खत्री, वन पैदावर संघ रुपन्देहीका अध्यक्ष नवलकिशोर सिह, महासंघका महासचिव तेज प्रसाद पराजुलीले अधिकाश ब्यवसायीहरुको समस्या एउटै प्रकारको भएको हुदा सरोकारवाला संस्था एकजुट भए सरकारलाइ दबाबमुलक कार्यक्रम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ५ : २१ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा