२५ भदौ २०८३, बिहिबार | September 10, 2026

समाजवादी कम्युनिष्ट पार्टीको रुपन्देहीमा विशेष राष्ट्रिय सम्मेलन सम्पन्न



बुटवल । विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर नेकपा बहुमत र त्यसबाट पनि विभाजन भएर गठन भएको श्रमीक कम्युनिष्ट पार्टीको रुपन्देहीको देवदहमा सम्पन्न विशेष राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम परिर्वतन सहित महासचिव केन्द्रीय सल्लाहकार कमिटी गठन गरिएको छ ।

रुपन्देहीमा सम्पन्न उक्त पार्टीको विशेष भेलाबाट समाजवादी कम्युनिष्ट पार्टी नेपाल नाम परिर्वतन गरिएको उक्त पार्टीका महासचिव पूर्ण बहादुर सिंहले जानकारी दिए । उनका अनुसार केन्द्रीय विशेष सम्मेलनबाट २५ बुँदे विशेष प्रस्तावना समेत पारित गरेको छ । पार्टीले बैज्ञानिक समाजवादको यात्रा तय गर्ने दिर्घकालिन उदेश्य सहितको योजना बनाएको महासचिव पूर्ण बहादुर सिंहले बताए ।

केन्द्रीय विशेष सम्म्मेलनबाट अन्तराष्ट्रिय तथा राष्ट्रिय सत्रु र मित्र पहिचान गर्ने, वैज्ञानिक समाजवादको कार्यदिशा पारित गर्ने, सम्मेलनबाट मानध्वज श्रेष्ठलाई सल्लाहकार समितिको अध्यक्षमा निर्वाचित गरेको छ । यस्तै पार्टीले ५५ सदस्यीय केन्द्रीय समिति, स्थायी कमिटि, राजनीतिक ब्युरो, पाँच सदस्य सल्लाहकार समिति, विज्ञ सल्लाहकार समिति सहित ७७ सदस्य केन्द्रीय सांगठनिक परिषद् निर्वाचित गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : २९ बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको