२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

१२ औँ संस्करणको दीप गायन तारा माघ २५ गतेदेखी सुरु



बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कूलले हरेक वर्ष आयोजना गर्दै आएको दीप गायन ताराको १२ औँ संस्करण यही माघ २५ गतेदेखि हुने भएको छ । बाह्रौं जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय दीप गायन तारा प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको विद्यालयले जनाएको हो ।

२०३७ फागुन ५ गते स्थापना भएको विद्यालयले आफ्नौ ४४ औं स्थापना दिवसको अवसर पारेर प्रतियोगिताको १२ औं संस्करण आयोजना गरेको प्राचार्य टिकाराम न्यौपानेले जानकारी दिए । प्रतियोगिता बारे जानकारी गराउन शनिबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राचार्य न्यौपानेले ४० बढी विद्यालयले सहभागिता जनाउने बताए ।

माघ २५ गते सुरु भई फागुन ५ गतेसम्म हुने प्रतियोसगितामा एक विद्यालयबाट एक जना विद्यार्थी मात्रै सहभागी हुने मापदण्ड रहेको छर प्रतियोगितालाई पारदर्शी तथा निस्पक्ष बनाउन आयोजक दीप बोर्डिङ हाइस्कूलका भने कुनै विद्यार्थी सहभागी हुन नपाउने उल्लेख गरे । न्यौपानेका अनुसार विद्यालयले रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले अन्तर मावि जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।

विद्यालयको ४४ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको दीप गायन तारा प्रतियोगिता अन्तरगत माघ २५ गते प्रथम चरणको प्रतियोगिता हुनेछ भने दोस्रो चरणको प्रतियोगिता ५ गते हुनेछ । पहिलो चरणमा प्रतियोगीले ट्र्याक बिना गीत गाउनु पर्नेछ भने यस चरणबाट उत्कृष्ट २० जनालाई दोस्रो चरणका लागि छनौट गरिने कार्यक्रम संयोजक श्याम बस्यालले बताए । त्यस्तै प्रथम चरणबाट छानिएका उत्कृष्ट २० जनाले ट्र्याकसहित गीत र एउटा राष्ट्रिय गित गाउनुपर्ने उनले बताए । त्यसबाट उत्कृष्ट प्रस्तुति दिने ५ जनालाई पुरस्कृत गरिने नियम रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ३० हजारका साथ सिल्ड, मेडल तथा द्वितीय हुनेले नगद रु २० हजारका साथ शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन् । यसैगरी तृतीय हुनेले नगद रु १० हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । साथै दुई जनालाई नगद रु २ हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने विद्यालयका सहप्राचार्य कलाधर अर्यालले बताए ।

दीप गायन तारा प्रतियोगिताबाट हालसम्म अस्मिता चापागाई, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे र कुशल आचार्य, बिवेक पंगेनी र रिदिमा सिंजाली गरी जम्मा ११ जना विद्यार्थीहरू विजेता भईसकेको विद्यालयका सह प्राचार्य सुरेन्द्र शाक्यले जानकारी दिए । विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरूमा अन्तर्निहित क्षमताको प्रस्फुटन गर्दै आइरहेको बिद्यालयका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुले बताए ।

विद्यालयले नगर, जिल्ला र राष्ट्रव्यापी कविता लेखन, वक्तृत्वकला, वादविवाद, निबन्धलेखन, हाजिरीजवाफ, चित्रकला, भलिबल, टेबलटेनिस, कराते, कबड्डी लगायत विभिन्न प्रतियोगितामा अब्बल नतिजा ल्याउँदै आइरहेको सह प्राचार्य ज्ञानु थापाले दाबी गरिन् ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : ५३ बजे

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक