१३ बैशाख २०८३, आइतबार | April 27, 2026

दुई मोटरसाईकल ठोक्किएर नेपालगन्जमा बर्दियाका एक युवकको मृत्यु



नेपालगन्ज । नेपालगन्जमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–११ स्थित ईदगाह रोडमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा बर्दिया राजापुर नगरपालिका –१० का २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो ।

भे १० प ४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल शनिबार राति एक आपसमा ठोक्किएर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भे १० प ४३४१ नम्बरको मोटरसाइकल चालक चौधरीको नर्सिङहोम नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डिएसपी आयुस जोशीले बताए ।

ठक्कर दिएर फरार रहेको मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले घटनास्थल पुगेर सो वरिपरिका स्थानीयसँग सोधपुछ गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ४ : १९ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र